बुढानीलकण्ठ नगरपालिका–२ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न



हाम्रो इकोनोमि

 

 

 

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर -२ मा निःशुल्क पाठेघरको मुख तथा स्तन क्यान्सरको प्रारम्भिक परीक्षण स्वास्थ्य शिविर सम्पन्न भएको छ । बुढानीलकण्ठ नगरपालिका वडा नं -२ को विशेष पहलमा करुणा स्वास्थ्य सचेतना समाजको सहकार्य तथा निलबराही टोल सुधार समितिको समन्वयमा ज्येष्ठ नागरिक भवनमा आयोजित स्वास्थ्य शिविरमा करिब ३०० जनाले आधुनिक प्रविधिमार्फत स्वास्थ्य परीक्षण गराएका थिए। परीक्षणका क्रममा १९ जना शङ्कास्पद देखिएका छन् ।

 साउन १६ गते शनिबार बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन भएको शिविरमा स्त्रीरोग विशेषज्ञ डा.सुधा गौतम सहित स्वास्थ्यकर्मीले परीक्षण तथा निःशुल्क औषधि वितरण गरेका थिए । भक्तपुर क्यान्सर अस्पतालबाट क्यान्सरसम्बन्धी सचेतनामूलक परामर्शसमेत प्रदान गरिएको थियो । शिविरका सभाध्यक्ष डा.रामराज पन्थी रहेका थिए भने उत्त शिविरमा प्रमुख अतिथिको रुपमा उत्त नगरपालिका -२ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठ रहेका थिए ।

उत्त शिविरमा बुढानीलकण्ठ नगरपालिकाको जनस्वास्थ्य महाशाखा प्रमुख रेवती प्रसाद कार्की लगायतको उपस्थिति रहेको थियो । आजको समयमा पाठेघरको मुख तथा स्तन सम्बन्धि परीक्षण सबै महिला दिदीबहिनीले गरौँ भन्ने नाराका साथ उत्त स्वास्थ्य शिविर सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
पूर्व सभापति देउवालाई स्वागत छ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय समितिको बैठकबाट पूर्व सभापति शेरबहादुर...

पार्टी एकताका लागि देउवाको आव्हान

    नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी एकताको आह्वान गरेका छन्। करिब...

नेपाललाई असफल राष्ट्र घोषित गर्ने षड्यन्त्र त हुँदै छैन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाललाई असफल राष्ट्र घोषित गर्ने षड्यन्त्र...

बाजागाजासहित देउवालाई स्वागत गर्न ७ हजार नेता-कार्यकर्ता सडकमा

    नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई स्वागत गर्न पार्टीको इतर समूहले आज...