अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने



हाम्रो इकोनोमि

 

 

अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा बन्ड कार्यक्रमलाई स्थायी बनाएको छ । नयाँ व्यवस्थाअनुसार नेपाल, बंगलादेश र भुटानसहित ५० देशका नागरिकले अमेरिकी बी–१ (व्यवसायिक) र बी–२ (पर्यटक) भिसाका लागि आवेदन दिँदा १० हजार वा २० हजार अमेरिकी डलर (करिब ३० लाख)सम्मको धरौटी (बन्ड)राख्नुपर्ने हुनेछ । शुक्रबार अमेरिकी फेडरल रजिस्टर मा प्रकाशित सूचनाअनुसार एक वर्षको समीक्षा पछि यो कार्यक्रम प्रभावकारी देखिएकाले यसलाई स्थायी बनाउने निर्णय गरिएको हो ।

नयाँ नियमअनुसार सम्बन्धित देशका नागरिकले भिसा अन्तर्वार्ताअघि नै बन्ड रकम जम्मा गर्नुपर्ने छ।यदि भिसा अस्वीकृत भयो भने रकम फिर्ता हुनेछ । भिसा स्वीकृत भई अमेरिका पुगेपछि पनि यात्रुले भिसाका सबै नियम पालना गरेमा बन्ड रकम फिर्ता पाइनेछ ।

डोनाल्ड ट्रम्प प्रशासनले गत वर्ष अगस्टमा अवैध आप्रवासन नियन्त्रण गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरेको थियो , अमेरिकी अधिकारीहरूका अनुसार भिसाको अवधि सकिएपछि पनि अमेरिका बसिरहने एक जनालाई पक्राउ गरी देशनिकाला गर्न सरकारलाई औसतमा १८ हजार अमेरिकी डलर खर्च लाग्ने गर्छ ।

यो नियम सोमबारदेखि लागू हुनेछ । भविष्यमा थप देशहरू पनि यस सूचीमा समावेश गर्न सकिने जनाइएको छ । यसअघि परीक्षण (पाइलट) कार्यक्रमअन्तर्गत ५ हजार, १० हजार र १५ हजार डलरसम्मको बन्ड राख्ने व्यवस्था थियो । अब भने ५ हजार डलरको विकल्प हटाइएको छ भने अधिकतम रकम २० हजार डलर पुर्‍याइएको छ । अब बन्ड रकम १० हजार वा २० हजार डलर मात्र हुनेछ ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...