म संघीयता विरोधी होइन : बालेन शाह



हाम्रो इकोनोमि

 

 

मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि उठाएका छन् । प्रधानमन्त्रीलाई भेटेर बाहिरिने क्रममा चितवन महाधिवेशनले सङ्घीयता विरोधी प्रस्ताव पारित गरेको विषय आफूले उठाएको राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताए । आफूले सङ्घीयताको विषयमा कुरा उठाएपछि प्रधानमन्त्रीले आफूलाई सङ्घीयताविरोधी सपनामा पनि नसोच्न आग्रह गरेको महतोले सञ्चारकर्मीलाई सुनाएका छन् ।

प्रधानमन्त्रीको जवाफ थियो, मलाई सङ्घीयता विरोधी सपनामा पनि नसोच्दिनुहोला । सङ्घीयतालाई बलियो बनाउने हो । महाधिवेशनबाट गलत सन्देश गएको छ, त्यसलाई सुधार्नुपर्छ । त्यसैले सङ्घीयता विरोधी हाम्रो पार्टी पनि होइन, म स्वयं त सङ्घीयता विरोधी हुने कुरै भएन । उनले आफू सङ्घीयतालाई बलियो बनाउने पक्षमा रहेको जवाफ दिएको बताए । प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनले भने, ‘सङ्घीयतालाई बलियो बनाउनको लागि कहाँ कहाँ कमी हो त्यो गरिन्छ। प्राप्त अधिकार पनि प्रदेशहरूले प्रयोग गर्नुपर्छ । म मेयर हुँदा सबै अधिकार प्रयोग गरेको गरेकै हुँ ।

प्रतिक्रिया दिनुहोस
देउवा समूहले सानेपाको ‘अफर’ नमान्ने

    नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने...

प्रभु बैंकका सञ्चालक र कर्मचारीले गरे उद्धार कोषमा ४० लाख सहयोग

    प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वैच्छिक रूपमा संकलन गरेको ४० लाख...

प्रभु बैंकका दुई शाखा समायोजन हुँदै

     प्रभु बैंक लिमिटेडले काठमाडौं र वीरगन्जमा सञ्चालनमा रहेका दुई शाखा कार्यालयलाई...

माछापुच्छ्रे बैंकले ६% लाभांश वितरण गर्ने

    माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश...