महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द



हाम्रो इकोनोमि

 

 

 सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर तथा गौशाला बजार शुक्रबार बन्द गरिएको छ । प्रदर्शनकारीहरूले जलेश्वरका विभिन्न चोकमा टायर बालेर विरोध प्रदर्शन गर्दै बजार, व्यवसाय तथा यातायात पूर्ण रूपमा बन्द गराएका छन् । बन्दका कारण दैनिक जनजीवन प्रभावित भएको छ भने बजार क्षेत्र सुनसान बनेको छ । सर्वसाधारणको चहलपहल फाटफुट रुपमा मात्र देखिएको छ ।

यस्तै, जिल्लाको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा पनि हिन्दुवादी संघ–संगठनका अगुवाहरूले विरोध प्रदर्शन गर्दै बजार व्यवसाय बन्द गराएका छन् ।

यद्यपि, जिल्लाको समग्र सुरक्षा अवस्था सामान्य रहेको महोत्तरीका प्रहरी प्रवक्ता एवं डिएसपी पञ्चलाल गोलेले जानकारी दिए । उनका अनुसार जिल्लाका केही स्थानमा छिटफुट प्रदर्शन भए पनि अवस्था नियन्त्रणमा रहेको छ । सम्भावित परिस्थितिलाई ध्यानमा राख्दै जिल्लाभर सुरक्षा व्यवस्था थप कडा पारिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...