महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द



हाम्रो इकोनोमि

 

 

 सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर तथा गौशाला बजार शुक्रबार बन्द गरिएको छ । प्रदर्शनकारीहरूले जलेश्वरका विभिन्न चोकमा टायर बालेर विरोध प्रदर्शन गर्दै बजार, व्यवसाय तथा यातायात पूर्ण रूपमा बन्द गराएका छन् । बन्दका कारण दैनिक जनजीवन प्रभावित भएको छ भने बजार क्षेत्र सुनसान बनेको छ । सर्वसाधारणको चहलपहल फाटफुट रुपमा मात्र देखिएको छ ।

यस्तै, जिल्लाको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा पनि हिन्दुवादी संघ–संगठनका अगुवाहरूले विरोध प्रदर्शन गर्दै बजार व्यवसाय बन्द गराएका छन् ।

यद्यपि, जिल्लाको समग्र सुरक्षा अवस्था सामान्य रहेको महोत्तरीका प्रहरी प्रवक्ता एवं डिएसपी पञ्चलाल गोलेले जानकारी दिए । उनका अनुसार जिल्लाका केही स्थानमा छिटफुट प्रदर्शन भए पनि अवस्था नियन्त्रणमा रहेको छ । सम्भावित परिस्थितिलाई ध्यानमा राख्दै जिल्लाभर सुरक्षा व्यवस्था थप कडा पारिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...