ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु



हाम्रो इकोनोमि

 

 

कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ । कुवेतस्थित नेपाली राजदूतावासका अनुसार उक्त आक्रमणमा सवारी चालकको रूपमा कार्यरत तेह्रथुम जिल्लाका ४४ वर्षीय सोमकुमार तामाङको निधन भएको हो ।

सन् २०२६ जुलाई ३० (२०८३ साउन १४ गते) मा भएको उक्त घटनाबारे कुवेतको परराष्ट्र मन्त्रालयले नेपाली दूतावासलाई आधिकारिक जानकारी गराएको थियो । नेपाली राजदूतावासले मृतक तामाङको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । दूतावासले स्व. तामाङको पार्थिव शरीरलाई यथाशीघ्र नेपाल पठाउनका लागि सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय र सहकार्य भइरहेको जानकारी दिएको छ ।

कुवेतमा विकसित संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै दूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । दूतावासले कुवेत सरकारद्वारा जारी गरिएका सुरक्षा सम्बन्धी मापदण्डहरू पूर्ण रूपमा पालना गर्न र संयमित भई सुरक्षित स्थानमा रहन अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...