हुण्डी कारोबारको अभियोगमा राजेन्द्र रिजाल पक्राउ



हाम्रो इकोनोमि

 

 

एक अर्ब ८९ लाखको हुण्डी कारोबार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको सत्यदेवी – ८ घर भई हाल काठमाडौं, नागार्जुन नगरपालिका, वडा नं ८ बस्ने ४९ वर्षीय राजेन्द्र प्रसाद रिजाल रहेका छन् । उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले बनस्थलीबाट पक्राउ गरेको हो ।

केही व्यक्तिहरुले हुण्डी कारोबार गर्दै आएका छन् भन्ने नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोलाई प्राप्त सूचनाको आधारमा त्यस्ता शंकास्पद व्यक्तिहरुको बैंकिङ कारोबार विश्लेषण गर्दै जाने क्रममा रिजालले अन्य व्यक्तिहरुसँगको मिलेमतोमा व्यक्तिगत खाता प्रयोग गरी १ अर्ब ८९ करोड ,६५ लाख ३९ हजार ४५४ बराबरको रकम हुण्डीको माध्मबाट कारोबार गरेको देखिएको सीआईबीले जनाएको छ ।

काठमाडौं जिल्ला अदालतबाट हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूरमा पक्राउ अनुमति लिई थप अनुसन्धान कार्य जारी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...