चीन जाने तयारीमा रवि लामिछाने



हाम्रो इकोनोमि

 

 

रास्वपा सभापति रवि लामिछाने चीन जाने तयारीमा छन् । उच्च सरकारी स्रोतका अनुसार अगस्टको दोस्रो साता उनीसहितको चार सदस्यीय रास्वपा प्रतिनिधिमण्डल बेइजिङ जाने भएको हो । चीनको उच्च तहमा भेट हुने भनिए पनि नाम खुलाइएको छैन । विदेशमन्त्री वाङ यी र पार्टीका उच्च नेतासँग भेट हुने पक्कापक्की छ ।

पार्टी टु पार्टी सम्बन्ध अन्तर्गत भ्रमण हुन लागेको हो, खासमा सभापतिज्यूलाई अघिल्लै संसदकालमा नै चीनबाट निम्तो थियो, तर यसपल्ट अलिक राम्रोसँग कुराकानी हुने संकेत पाएका छौं, सरकारका एक उच्च अधिकारीले भने, उच्च तहमा कुराकानी हुन्छ । नेपाल–चीन सम्बन्धलाई अझै गहिरो र अर्थपूर्ण बनाउने एजेन्डा नै मुख्य हो ।

भ्रमण पाँच दिनको हुने बताइएको छ । भ्रमण टोलीका बाँकी सदस्यको नाम खुलाइएको छैन । भ्रमण टोलीमा सरकारी प्रतिनिधि सामेल हुने छैनन् । यसअघि दिल्लीमा भारतीय प्रधानमनत्री नरेन्द्र मोदी भेटेर फर्केका लामिछानेले चीनसँग पनि सोही प्रकृतिको भेट गर्ने रास्वपा स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...