खोलाले बगाएर खोटाङमा २ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

 

भारी वर्षापछिको बाढीपहिरोले कोशी प्रदेशका विभिन्न जिल्लामा धनजनको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(६ नेर्पाकी ४३ वर्षीया शान्ता राई र केपिलासगढी गाउँपालिका ४ बाक्सिलाका ७१ वर्षीय पर्शुराम परियारको खोलाले बगाएर ज्यान गएको छ । आफन्तको घरबाट फर्किने क्रममा स्थानीय छाँगे खोलामा आएको बाढीले बगाउँदा शान्ता राई बेपत्ता भएकी थिइन् । ढिलोसम्म घर नफर्किएपछि आफन्त र स्थानीयले खोजी गर्दा उनको शव खोलामा फेला परेको हो ।

यस्तै, गाइखुरे खोल्सीमा आएको बाढीले बगाउँदा पर्शुराम परियारको मृत्यु भएको प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए । त्यस्तै अधिकांश सडक अवरुद्ध छन् । इलामको रजदुवाली खण्डमा पहिरो झरेपछि मेची राजमार्ग अवरुद्व भएको छ । धनकुटा, खोटाङ, पाँचथर र इलामका मुख्य र सहयक सडक अवरुद्ध भएका छन् ।

कतिपय ठाउँमा प्रहरी प्रशासनले सवारी सञ्चालनमा रात्रिकालीन रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाले भेडेटार–रवि–राँके सडक खण्ड, तमोर करिडोरअन्तर्गत मुलघाटदेखि पाँचथर सिमाना तथा भेडेटारबाट तेह्रथुम, संखुवासभा, भोजपुर र पाँचथरतर्फ जाने सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाएको छ । यस्तै, खोटाङ जिल्ला प्रशासन कार्यालयले मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवा–दिक्तेल–जयरामघाट सडक र जिल्लाका सहायक सडकहरूमा आपतकालीन सवारीबाहेक अन्य सबै सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...