खोलाले बगाएर खोटाङमा २ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

 

भारी वर्षापछिको बाढीपहिरोले कोशी प्रदेशका विभिन्न जिल्लामा धनजनको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(६ नेर्पाकी ४३ वर्षीया शान्ता राई र केपिलासगढी गाउँपालिका ४ बाक्सिलाका ७१ वर्षीय पर्शुराम परियारको खोलाले बगाएर ज्यान गएको छ । आफन्तको घरबाट फर्किने क्रममा स्थानीय छाँगे खोलामा आएको बाढीले बगाउँदा शान्ता राई बेपत्ता भएकी थिइन् । ढिलोसम्म घर नफर्किएपछि आफन्त र स्थानीयले खोजी गर्दा उनको शव खोलामा फेला परेको हो ।

यस्तै, गाइखुरे खोल्सीमा आएको बाढीले बगाउँदा पर्शुराम परियारको मृत्यु भएको प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए । त्यस्तै अधिकांश सडक अवरुद्ध छन् । इलामको रजदुवाली खण्डमा पहिरो झरेपछि मेची राजमार्ग अवरुद्व भएको छ । धनकुटा, खोटाङ, पाँचथर र इलामका मुख्य र सहयक सडक अवरुद्ध भएका छन् ।

कतिपय ठाउँमा प्रहरी प्रशासनले सवारी सञ्चालनमा रात्रिकालीन रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाले भेडेटार–रवि–राँके सडक खण्ड, तमोर करिडोरअन्तर्गत मुलघाटदेखि पाँचथर सिमाना तथा भेडेटारबाट तेह्रथुम, संखुवासभा, भोजपुर र पाँचथरतर्फ जाने सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाएको छ । यस्तै, खोटाङ जिल्ला प्रशासन कार्यालयले मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवा–दिक्तेल–जयरामघाट सडक र जिल्लाका सहायक सडकहरूमा आपतकालीन सवारीबाहेक अन्य सबै सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...