सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर



हाम्रो इकोनोमि

 

 

आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले ल्याएको बजेट वक्तव्य र आर्थिक ऐन मार्फत घोषणा गरेका नयाँ करका दरहरू कार्यान्वयनमा आएका छन् । आजदेखि सरकारले वृद्धि गरेको आयकरको न्यूनतम सीमाको प्रावधान पनि कार्यान्वयनमा आएको छ । बजेटले गरेको व्यवस्था अनुसार व्यक्तिको हकमा आयकरको सीमा १० लाख पुगेको छ ।

आर्थिक ऐन २०८३ अनुसार वार्षिक १० लाख रुपैयाँसम्म रोजगारीको करयोग्य आय भए अब १ प्रतिशत कर लाग्ने छ । १० लाखदेखि १५ लाखसम्म करयोग्य करयोग्य आयमा १० प्रतिशत आयकर लाग्नेछ भने १५ लाखदेखि २५ लाखसम्म करयोग्य आयमा २० प्रतिशत आयकर लाग्नेछ । २५ लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा २७ प्रतिशत र ४० लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा थप २ प्रतिशत बिन्दुले अतिरिक्त कर लाग्नेछ ।

सरकारले सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको लाभकर नै अन्तिम हुने व्यवस्थासहित एक वर्षभन्दा बढी समय राखेर शेयर बेच्दा ७.५ र एक वर्षभन्दा कम अवधिभित्र शेयर बेच्दा १० प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था गरेको छ । जुन व्यवस्था आजदेखि कार्यान्वयनमा आएको छ ।

त्यस्तै, अब आफूले किनेको पाँच वर्षभन्दा बढी भइसकेको घरजग्गामा ७.५ र पाँच वर्षभन्दा कम अवधिको घरजग्गामा १० प्रतिशत पुँजीगत लाभकर लाग्नेछ । आर्थिक ऐन २०८३ अनुसार आजदेखि शिक्षा र स्वास्थ्यमा पनि नयाँ कर लागू भएको छ । निजी शैक्षिक संस्थाले लिने शुल्कमा ३ प्रतिशत शिक्षा समता शुल्क र निजी स्वास्थ्य संस्थाको सेवामा ३ प्रतिशत स्वास्थ्य समता शुल्क कार्यान्वयनमा आएको छ ।

घरायसी विद्युत् उपभोगमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) कार्यान्वयनमा आएको छ । अब ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने परिवारले ५ प्रतिशत भ्याट तिर्नुपर्नेछ ।

औद्योगिक विद्युत् खपतमा गर्नेहरूलाई १३ प्रतिशत भ्याट लाग्नेछ । राइड सेयरिङ सेवा पठाओ, इनड्राइभर, याङ्गो जस्ता सवारी साझेदारी सेवाहरूमा अब ५ प्रतिशत सेवा शुल्क थपिएको छ ।

मिनी क्यासिनोहरूले तिर्नुपर्ने वार्षिक रोयल्टी दोब्बर बनाइएको छ । मिनी क्यासिनोले तिर्दै आएको वार्षिक रोयल्टी ३ करोड रुपैयाँ पुर्‍याइएको छ । यस्तो रोयल्टी यसअघि १ करोड ५० लाख रुपैयाँ थियो ।

अब लक्जरी रिसोर्ट र आयातित मदिरामा २ प्रतिशत विलासिता शुल्क लाग्नेछ भने सुनचाँदीका गरगहना किन्नेले ०.५ प्रतिशत सीप प्रवर्द्धन शुल्क तिर्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...