अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल उचित नभएको बताएका छन् । एमाले-कांग्रेस तिक्तताले प्रदेश सरकार फेरबदल प्रक्रिया अघि बढेपछि उनले यसले अस्थिरता र सत्ता लोलुपता प्रकट गरेको उनको भनाइ छ । भट्टराईले भनेका छन्, कार्यकालको अन्तिमतिर रहेका प्रदेश सरकारहरूको फेरबदल उचित होइन । किन, कसले र केका लागि यो गरिरहेको छ  ? यसको खोजीनीति हुनु पर्दछ । यसले अस्थिरता र सत्ता लोलुपतालाई नै प्रकट गरेको छ ।

विगतका सम्झौता कार्यान्वयन गर्न आनाकानी गरेको भन्दै कांग्रेसले साथ छाडेपछि एमाले सबै प्रदेशमा सत्ताबाहिर हुने अवस्थामा पुगेको छ । उनले यो परिस्थितिबारे छलफल गर्न पार्टीको बैठक बस्नुपर्ने बताएका छन् । उनले थपेका छन्, हिजो जनस्तरमा पुराना दल र पुरानो नेतृत्वको बारेमा जे जे टिप्पणी भएका थिए आजका कामरकारबाहीले त्यही धारणालाई बल पुर्‍याइरहेका छन् । यस्तो परिस्थितिमा पार्टीको बैठक बसेर सामूहिक निष्कर्षका साथ अघि बढ्नु पर्ने हो तर पारा उही पुरानै छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...