अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल उचित नभएको बताएका छन् । एमाले-कांग्रेस तिक्तताले प्रदेश सरकार फेरबदल प्रक्रिया अघि बढेपछि उनले यसले अस्थिरता र सत्ता लोलुपता प्रकट गरेको उनको भनाइ छ । भट्टराईले भनेका छन्, कार्यकालको अन्तिमतिर रहेका प्रदेश सरकारहरूको फेरबदल उचित होइन । किन, कसले र केका लागि यो गरिरहेको छ  ? यसको खोजीनीति हुनु पर्दछ । यसले अस्थिरता र सत्ता लोलुपतालाई नै प्रकट गरेको छ ।

विगतका सम्झौता कार्यान्वयन गर्न आनाकानी गरेको भन्दै कांग्रेसले साथ छाडेपछि एमाले सबै प्रदेशमा सत्ताबाहिर हुने अवस्थामा पुगेको छ । उनले यो परिस्थितिबारे छलफल गर्न पार्टीको बैठक बस्नुपर्ने बताएका छन् । उनले थपेका छन्, हिजो जनस्तरमा पुराना दल र पुरानो नेतृत्वको बारेमा जे जे टिप्पणी भएका थिए आजका कामरकारबाहीले त्यही धारणालाई बल पुर्‍याइरहेका छन् । यस्तो परिस्थितिमा पार्टीको बैठक बसेर सामूहिक निष्कर्षका साथ अघि बढ्नु पर्ने हो तर पारा उही पुरानै छ ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...