इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की



हाम्रो इकोनोमि

 

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल र विद्युत केन्द्रहरूमा आक्रमण गर्ने धम्की दिएका छन् । दुई देशबीच लगातार चौथो दिन पनि दुईतर्फी हमला भइरहेका बेला ‘फक्स न्युज’सँगको अन्तर्वार्तामा ट्रम्पको यस्तो भनाइ आएको हो । यसअघि ट्रम्पले ‘स्ट्रेट अप हर्मुज’बाट हुने सबै कार्गो ढुवानीमा २० प्रतिशत शुल्क लगाउने आफ्नो धम्की फिर्ता लिएका थिए, तर इरानी बन्दरगाहहरूमा पुनः नाकाबन्दी भने सुरु गरेका छन् । अर्को हप्ता उनीहरूका लागि स्थिति निकै खराब हुनेछ ट्रम्पले भने, यदि उनीहरू वार्ताको टेबुलमा आएनन् भने हामी उनीहरूका सबै विद्युत केन्द्र र पुलहरू ध्वस्त पारिदिनेछौँ ।

उनले यसअघि पनि यस्तै धम्की दिएका थिए, जसको संयुक्त राष्ट्र संघका अधिकारीहरूले निन्दा गरेका थिए । गत अप्रिलमा ट्रम्पले पुल र विद्युत केन्द्रजस्ता नागरिक पूर्वाधारमा बमबारी गर्ने धम्की दिएपछि संयुक्त राष्ट्र संघका मानवअधिकार प्रमुख भोल्कर टर्कले भनेका थिए, अन्तर्राष्ट्रिय कानुन अनुसार, जानाजानी सर्वसाधारण र नागरिक पूर्वाधारमा आक्रमण गर्नु युद्ध अपराध हो । युद्धसम्बन्धी १९४९ को जेनेभा महासन्धिले पनि नागरिकका लागि आवश्यक मानिने स्थलहरूमा आक्रमण गर्न निषेध गरेको छ । मंगलबार राति प्रसारित स्पेशल रिपोर्ट विथ ब्रेट बायर मा ट्रम्पले भने म ऊर्जा केन्द्रहरूलाई अन्त्यका लागि साँचेर राख्नेछु, तर अन्ततः हामी ऊर्जा केन्द्रहरूमा प्रहार गर्नेछौँ ।

उनले अमेरिकी वार्ताकारहरूले मंगलबार साँझ इरानी पक्षलाई ‘कि त सम्झौता गर, नत्र तिमीहरूसँग केही बाँकी रहने छैन’ भनेर सन्देश पठाएको पनि बताए । ट्रम्पले हर्मुज स्ट्रेटमा लगाउने भनिएको २० प्रतिशत शुल्कको सट्टा खाडी मुलुकहरूसँग विशाल व्यापार र लगानी सम्झौता गरिने बताएपछि तनाव झन् बढेको हो । अमेरिकाले इरानी बन्दरगाहहरूमा पुनः नाकाबन्दी गरेको केही घण्टाअघि मात्र यो घोषणा गरिएको थियो । अमेरिका र इरानबीच पुनः सुरु भएको आक्रमणका कारण तेलको मूल्यमा भारी वृद्धि भएको छ भने हर्मुज जलडमरूमध्य भएर चल्ने ट्याङ्करहरूको आवागमन लगभग ठप्प भएको छ ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकको आयकर योगदान ३१ अर्ब ९३ करोड

     नबिल बैंकले स्थापना भएदेखि आर्थिक वर्ष २०८२/८३ सम्म सरकारलाई ३१ अर्ब...

आधिकारिक कांग्रेस हामी हौँ : विमलेन्द्र निधी

    नेपाली कांग्रेसका इतर पक्षका नेता विमलेन्द्र निधीले पार्टीको १५औँ महाधिवेशनको तयारी...

स्थानीय चुनाव वैशाखमा, प्रदेशको मंसिरमा गर्ने आयोगको प्रस्ताव

   निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशको निर्वाचन आगामी मंसिरमा गर्ने...

तोलामा १२ हजार दुई सयले घट्यो सुनको भाउ

    स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला...