सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर



हाम्रो इकोनोमि

 

 

प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको आधारमा सरकारको समर्थनसँगै विरोध गर्दा आफूलाई मार्ने धम्की आउने गरेको गुनासो गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डीपी अर्यालले उपलब्ध गराएको समयमा बोल्ने क्रममा उनले आफूलाई मार्ने धम्की आउने गरेको गुनासो गरेका हुन् । आफूहरू सदनमा जनताका कुरा राख्न जनताबाटै अभिमत लिएर आएको भन्दै निरपेक्ष रुपमा सरकारको विरोध नगरिएको सांसद महरको भनाइ थियो ।

सरकारको हामी गुण र दोषको आधारमा समर्थन र विरोध गर्छौं । सरकारलाई हामी सही बाटो देखाउन चाहन्छौं, उनले भने, बिडम्बना, सदनमा बोलिरहँदा सरकारको कहिलेकाँही विरोध गरेको केही मान्छेहरूलाई आभाष हुँदो रहेछ । मलाई निरन्तर धम्की आइराखेको छ । फेसबुकमा, फोनमा गोली हानिदिन्छु, मारिदिन्छु भनेको छ ।

प्रमुख सचेतक महरले संसद् चलिरहेकै बेला पनि आफूलाई सामाजिक सञ्जाल फेबसुकमा गोली हानेर मारिदिने धम्की आएको बताए । भर्खरैमात्रै दुई जनाले मेरो स्टटासमा कमेन्ट गरिराख्नुभएको छ । म यहाँ पढेर सुनाउन चाहन्छु– ऐन महर आम्मा कसम तलाई म गोली हानेर मार्छु भनेर आफ्नो नम्बर पनि दिनुभएको छ, सभामुख महोदय उनले भने, उहाँले आफ्नो ठेगाना पनि दिनुभएको छ । आजै भन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...