शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक



हाम्रो इकोनोमि

 

 

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण गर्ने भन्दै मिडिया हाउसमा गाडी तेर्स्याएर गरिएको हर्कतको निन्दा गरेका छन् । उनले कसैको नाम भने लिएनन् । तर सरकारतर्फ नै सुई सोझ्याए । प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सचेतक परियारले भने, हामी सत्तामा छौँ भन्दैमा,कसैका स्वार्थहरू ठोक्किँदैमा प्रेसमाथि हुने कुनै पनि शैलीको त्रासदी र अराजकताको साक्षी हुन नपरोस् । लोकतन्त्रको रक्षाका लागि स्वतन्त्र प्रेसको प्रतिरक्षा गर्न हामी अग्रसर नभए अरू को बोल्छ  ?

बन्दूकसँग नडराएको नेपाली प्रेस दुई चारवटा गाडी तेर्स्याउँदैमा नडराउने समेत उनले बताए । परियारले रास्वपा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा र पत्रकारको रक्षाको पक्षमा रहेको बताए । उनले भने, हिजो राजधानीमा अग्रणी सञ्चार माध्यमका मुख्य प्रवेशद्वारमै गाडीहरू पार्किङ गरेर भौतिक रूपमा आवतजावत ठप्प पारी सञ्चार गृहलाई तर्साउने कुत्सित प्रयास गरियो, म यसको कडा शब्दमा भर्त्सना गर्दछु । सत्यसँग डराउनेहरूले मात्र यस्तो हर्कत गर्छन् । तर बुझ्नुपर्ने कुरा के हो भने सत्यलाई ढाकछोप गर्न खोज्नु भनेको हत्केलाले सूर्य छेक्नु जस्तै हो । उनले देशमा पत्रकारिताले ठूलो आँधीबेहरीको सामना गरेर आजको उचाइ हासिल गरेको स्मरण गरे ।

उनले थपे इतिहास साक्षी छ, हिजो निरङ्कुश शाहीकालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहको सैनिक शासनमा बन्दूक बोकेका सेनाहरू समाचार कक्षभित्रै पसेर समाचार सेन्सर गर्थे । म त्यसको साक्षी छु । त्यतिबेला नझुकेको नेपाली सञ्चार माध्यम आज सडकमा दुईरचार ओटा गाडी तेर्स्याएर तर्सिन्छ होला र रु ओख्लीमा टाउको हालेपछि मुसलको के डर भने झैँ जस्तोसुकै सङ्कटमा पनि निर्भीक भएर उभिएको इतिहास कहाँ भुल्न सकिन्छ र ? सबै सञ्चार गृह र पत्रकारहरूको निर्बाध काम गर्न पाउने सुरक्षाको प्रत्याभूति दिनको लागि गृह प्रशासन र सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...