देश ठूलो दुर्घटनातिर जाँदै छ : अमरेश सिंह



हाम्रो इकोनोमि

 

 

 रास्वपाका सांसद अमरेशकुमार सिंहले जनतामा निराशा छाएको भन्दै राज्य सङ्कटमा रहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै देशमा बाँच्न सकिन्न भन्ने भाष्य निर्माण नगर्न आग्रह गरे ।सभामुख डीपी अर्यालले बैठक सुरू गर्नासाथ सरकारको काम कारबाहीप्रति विरोध जनाउँदै विपक्षीसँगै उठेका थिए सत्तारुढ सांसद सिंह ।

उनले भने म सम्पूर्ण राजनीतिक दललाई, संसद्मा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दललाई र संसदबाहिर प्रतिनिधित्व गर्ने राजनीतिक दललाई, हामी यसलाई घोचपेचको विषय नबनाऔँ । राज्य, जनता, लोकतन्त्र रह्यो भने फेरि हामी राजनीति गरौँला, कोही सत्ता पक्षमा होला, कोही प्रतिपक्षमा होला ।

सत्ता र प्रतिपक्ष स्थायी होइन । उनले संसदभित्र उपस्थित सबै दललाई एकजुट पारेर राष्ट्रिय मुद्दा तय गर्न आग्रह गरे । उनले थपे जनतालाई भनौँ, हामी सम्पूर्ण दल मिल्यौँ भने मात्रै यो राष्ट्र बाँच्न सक्छ, यो संविधान बाँच्न सक्छ, यो देशको लोकतन्त्र बाँच्न सक्छ र देशको निराशा हट्न सक्छ। देश निर्माणको जिम्मा लिएर हामी सबै यहाँ उपस्थित भएका छौँ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...