देश ठूलो दुर्घटनातिर जाँदै छ : अमरेश सिंह



हाम्रो इकोनोमि

 

 

 रास्वपाका सांसद अमरेशकुमार सिंहले जनतामा निराशा छाएको भन्दै राज्य सङ्कटमा रहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै देशमा बाँच्न सकिन्न भन्ने भाष्य निर्माण नगर्न आग्रह गरे ।सभामुख डीपी अर्यालले बैठक सुरू गर्नासाथ सरकारको काम कारबाहीप्रति विरोध जनाउँदै विपक्षीसँगै उठेका थिए सत्तारुढ सांसद सिंह ।

उनले भने म सम्पूर्ण राजनीतिक दललाई, संसद्मा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दललाई र संसदबाहिर प्रतिनिधित्व गर्ने राजनीतिक दललाई, हामी यसलाई घोचपेचको विषय नबनाऔँ । राज्य, जनता, लोकतन्त्र रह्यो भने फेरि हामी राजनीति गरौँला, कोही सत्ता पक्षमा होला, कोही प्रतिपक्षमा होला ।

सत्ता र प्रतिपक्ष स्थायी होइन । उनले संसदभित्र उपस्थित सबै दललाई एकजुट पारेर राष्ट्रिय मुद्दा तय गर्न आग्रह गरे । उनले थपे जनतालाई भनौँ, हामी सम्पूर्ण दल मिल्यौँ भने मात्रै यो राष्ट्र बाँच्न सक्छ, यो संविधान बाँच्न सक्छ, यो देशको लोकतन्त्र बाँच्न सक्छ र देशको निराशा हट्न सक्छ। देश निर्माणको जिम्मा लिएर हामी सबै यहाँ उपस्थित भएका छौँ ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...