वाणिज्य बैंकहरुको नाफा ६४ अर्ब, सबैभन्दा बढी नबिल बैंकले ८ अर्ब ४९ करोड कमायो



हाम्रो इकोनोमि

 

 

 वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म आइपुग्दा बैंकहरुको नाफा १९ प्रतिशतले बढेको हो । बैंकहरुले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिनासम्मको वित्तीय विवरण अनुसार यस अवधिमा वाणिज्य बैंकहरुले ६४ अर्ब ४७ करोड रुपैयाँ नाफा कमाएका छन् । जबकी गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले ५३ अर्ब ९७ करोड रुपैयाँ नाफा कमाएका थिए ।

यस अवधिमा सबैभन्दा बढी नबिल बैंकले नाफा कमाएको छ । यस बैंकले ८ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । सर्वाधिक नाफा कमाउनेको दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ । यस बैंकले जेठसम्म ५ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरणमा उल्लेख छ ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये नाफामा सर्वाधिक वृद्धिदर कुमारी बैंकको रहेको छ । यस बैंकले चालू आवको जेठसम्म ४ अर्ब ७० करोड नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ११६८।४५ प्रतिशत बढी हो । त्यसबेला बैंकले ३७ करोड मात्रै नाफा कमाएको थियो ।

कुन बैंकले कति कमाए नाफा ? 

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...