इरानले युएई र कतारमा हान्यो ड्रोन र मिसाइल



हाम्रो इकोनोमि

 

 

इरानले युएई र कतारमा हवाई आक्रमण गरेको छ । इरानी मिसाइल र ड्रोनबाट जोगिन दुवै देशले उच्च सुरक्षा सतर्कता अपनाका छन् । इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन रोक्न हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारेको युएईले जनाएको छ । कतारले पनि सुरक्षा जोखिम बढेको भन्दै घरभित्रै सुरक्षित स्थानमा बस्न सबैलाई आग्रह गरेको छ ।

यूएईको रक्षा मन्त्रालयका अनुसार देशका विभिन्न स्थानमा विस्फोटका आवाज सुनिएका छन् । ती आवाज प्रतिरक्षा प्रणालीले मिसाइल र ड्रोनलाई बीचमै निष्क्रिय पार्ने क्रममा आएका अधिकारीहरुलाई उद्धृत गर्दै दोहा न्युजले जनाएको छ ।

यता, कतारले पनि सुरक्षा सतर्कताको स्तर उच्च बनाएको जनाएको छ । कतारको गृह मन्त्रालयले मोबाइलमा अलर्ट म्यासेज पठाउँदै सुरक्षा निकायका निर्देशन पालना गर्न तथा अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन अनुरोध गरेको छ ।

आइतबार बिहान स्थानीय समयअनुसार करिब ५:३६ बजे कतारका बासिन्दाको मोबाइल फोनमा आपतकालीन सुरक्षा सन्देश पठाइएको थियो । त्यसपछि अर्को सन्देशमार्फत तत्कालको सुरक्षा जोखिम हटेको जानकारी पनि दिइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...