गणेशको हत्याको जिम्मेवार बालेन सरकार हो : ऐन महर



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै मुगुका २५ वर्षीय गणेश नेपालीलाई सरकारले आत्मदाह गर्ने ठाउँबाट पुर्‍याएको आरोप लगाए । वीर अस्पतालमा परिवारको बिचल्ली भएको बताए ।

उनले भने, हिजोअघि त्यहाँ केही मान्छेहरूले भन्दै हुनुहुन्थ्यो हिजो रातभरि त्यहाँ गृहमन्त्री आउनुभयो, यहाँ बस्नुभयो भन्दै हुनुहुन्थ्यो। म भन्न चाहन्छु सरकारलाई, अघि प्रवक्ता माननीयले पनि यहाँ धेरै कुरा राखिसक्नुभएको छ, स्टन्ट गर्ने बानी सरकारले छोड्नुपर्‍यो । स्टन्ट बन्द गर्नुपर्‍यो । यो यो घटनाको मुख्य जिम्मेवार सरकार भएको बताए । उनले थपे, यो हत्याको जिम्मेवार बालेन्द्र सरकार हो, बालेन्द्र सरकार जनताका पक्षमा, जनतालाई मुक्ति दिने गरी होइन, जनतालाई मार्ने गरी अगाडि बढिरहेको छ । म यो सरकार मुर्दावाद भन्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...