गणेशको हत्याको जिम्मेवार बालेन सरकार हो : ऐन महर



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै मुगुका २५ वर्षीय गणेश नेपालीलाई सरकारले आत्मदाह गर्ने ठाउँबाट पुर्‍याएको आरोप लगाए । वीर अस्पतालमा परिवारको बिचल्ली भएको बताए ।

उनले भने, हिजोअघि त्यहाँ केही मान्छेहरूले भन्दै हुनुहुन्थ्यो हिजो रातभरि त्यहाँ गृहमन्त्री आउनुभयो, यहाँ बस्नुभयो भन्दै हुनुहुन्थ्यो। म भन्न चाहन्छु सरकारलाई, अघि प्रवक्ता माननीयले पनि यहाँ धेरै कुरा राखिसक्नुभएको छ, स्टन्ट गर्ने बानी सरकारले छोड्नुपर्‍यो । स्टन्ट बन्द गर्नुपर्‍यो । यो यो घटनाको मुख्य जिम्मेवार सरकार भएको बताए । उनले थपे, यो हत्याको जिम्मेवार बालेन्द्र सरकार हो, बालेन्द्र सरकार जनताका पक्षमा, जनतालाई मुक्ति दिने गरी होइन, जनतालाई मार्ने गरी अगाडि बढिरहेको छ । म यो सरकार मुर्दावाद भन्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...