८८ प्रतिशत एमाले नेतृत्व परिवर्तनको पक्षमा



हाम्रो इकोनोमि

 

 

 नेकपा (एमाले) भित्र नीति, नेतृत्व र संगठनात्मक संरचनामा आमूल परिवर्तनको माग उठिरहेका बेला एउटा मतसर्वेक्षणले पार्टीभित्र तीव्र असन्तुष्टि र रूपान्तरणको हुटहुटी रहेको देखाएको छ । नेकपा (एमाले) रूपान्तरण र पुनर्संरचनाका लागि पुनर्जागरण अभियान २०८२’ ले सार्वजनिक गरेको सर्वेक्षण नतिजा अनुसार ९१.४ प्रतिशत सहभागीले एमाले हालकै अवस्थामा अगाडि बढ्न नसक्ने र यसमा व्यापक रूपान्तरण जरुरी रहेको बताएका छन् । अभियानले देशभर र विदेशका १४ देशमा गरेको ‘स्याम्पल गुगल सर्भे’ को रिपोर्ट पार्टी समीक्षा तथा पुनर्गठन कार्यदलका सदस्य सचिव महासचिव शंकर पोखरेललाई बुझाइएको छ ।

नेतृत्व र कार्यशैलीप्रति तीव्र असन्तुष्टि

सर्वेक्षणमा सहभागीमध्ये ९५.४ प्रतिशतले वर्तमान पार्टी नेतृत्वको व्यवहार र आचरणमा सुधार आउनुपर्ने धारणा राखेका छन् । त्यस्तै, नेतृत्वको कार्यशैलीप्रति ९४.९ प्रतिशतले असन्तुष्टि जनाउँदै सुधारको माग गरेका छन् । पार्टीको हालको नीति परिमार्जन हुनुपर्ने पक्षमा ८७.५ प्रतिशत र नेतृत्व नै परिवर्तन हुनुपर्ने पक्षमा ८७.६ प्रतिशत सहभागी उभिएका छन् ।

विशेष गरी, एउटै पदमा बढीमा २ पटक मात्र जिम्मेवारी पाउने गरी कार्यकालको सीमा तोकिनुपर्ने प्रस्तावलाई ८२.८ प्रतिशतले समर्थन गरेका छन् । यसैगरी, हरेक तहको कमिटीमा कम्तीमा ४० प्रतिशत नयाँ व्यक्तिको प्रतिनिधित्व हुनुपर्ने माग ८६.३ प्रतिशतको छ । पार्टीलाई गतिशील बनाउन क्षमतावान् र युवा पुस्तालाई सबै कमिटीहरूमा सामेल गराउनुपर्ने पक्षमा ९१.१ प्रतिशत सहभागीले सहमति जनाएका छन् ।

पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ गर्न सहभागीहरूले निर्वाचन प्रणालीमा परिवर्तनको माग गरेका छन् । नेतृत्व चयन प्रक्रियामा सबै संगठित सदस्यहरूले मतदान गर्न पाउनुपर्ने पक्षमा ८२.९ प्रतिशत र उम्मेदवार चयनमा पनि सोही व्यवस्था हुनुपर्ने पक्षमा ८८.१ प्रतिशत मत देखिएको छ ।

कहाँबाट खोज्ने निकास ?

पार्टी पुनर्संरचनाको निकास कहाँबाट खोज्ने भन्ने प्रश्नमा ४७.७ प्रतिशतले ‘विशेष महाधिवेशन’ लाई उत्तम विकल्प मानेका छन् । २५ प्रतिशतले अर्ली महाधिवेशन र २४.४ प्रतिशतले केन्द्रीय कमिटीबाटै समाधान खोज्नुपर्ने बताएका छन् ।

नेतृत्व हस्तान्तरणका सम्बन्धमा ५०.२ प्रतिशत सहभागीले केन्द्रीय कमिटीभन्दा बाहिर रहेका नेताहरूलाई नेतृत्व सुम्पिनु उपयुक्त हुने धारणा राखेका छन् । वर्तमान पदाधिकारीभित्रै नेतृत्व हस्तान्तरण हुनुपर्ने पक्षमा जम्मा १६.७ प्रतिशत मात्रै देखिएका छन् ।

सर्वेक्षणमा सहभागीमध्ये ७२.२ प्रतिशत एमालेका संगठित सदस्य छन् भने १५.९ प्रतिशत समर्थक/शुभेच्छुक र १० प्रतिशत स्वतन्त्र नागरिक छन् । सहभागीमध्ये ९४.९ प्रतिशत पुरुष र बाँकी महिला तथा अन्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...