नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेकोप्रति एमालेको आपत्ति



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएकोप्रति आपत्ति जनाएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक ऐन महरले नेपालको इतिहासमै पहिलोपटक निर्लज्जतापूर्वक अनुमति दिएको आरोप लगाए । उनले भने, नेपालले सदियौँदेखि अवलम्बन गरेको एक चीन नीतिका विरुद्ध चीनबाट सन् १९५९ मै भागेर गएका, विदेशमा शरण लिएर बसेका पृथकतावादी नेता दलाई लामाको ९१औँ जन्मदिन मनाउन वर्तमान सरकारले यही असार २२ गते नेपालको इतिहासमै पहिलोपटक निर्लज्जतापूर्वक अनुमति दियो ।

स्वयम्भूस्थित नाम्ग्याल निम्न माध्यमिक विद्यालयमा उक्त कार्यक्रम आयोजना गर्न दिएर नेपाल र चीन बीच दौत्य सम्बन्ध स्थापना भएदेखि नै रहिरहेको सुमधुर सम्बन्धलाई खल्बल्याउने राष्ट्रहित विरोधी काम सरकारले गरेको आरोप लगाए । उक्त कार्यक्रममा अमेरिकी, फ्रान्सेली, युरोपेली युनियन र अष्ट्रेलियाली राजदूतको समेत उपस्थिति हुनु अत्यन्त गम्भीर र आपत्तिजनक भएको बताए । उनले थपे, ‘पश्चिमा शक्तिहरू नेपाललाई चीन विरोधी अखडा बनाउन र नेपाललाई युक्रेन बनाउन भित्री रूपमा कति षड्यन्त्रमा लागिरहेका छन् भन्ने कुरा यस घटनाले स्पष्ट पारेको छ । नेपालको भूमिमा आएर हामी हाम्रो भूमि छिमेकीहरूका विरुद्धमा प्रयोग गर्न कसैलाई दिँदैनौँ पनि र त्यो अधिकार कसैलाई पनि छैन ।

वर्तमान सरकारले राष्ट्रहित विरोधी र साम्राज्यवाद परस्त नीतिलाई सम्पूर्ण नेपाली जनताले नरुचाएको बताए । उनले भने, चीनका लागि नेपालका सात जना पूर्वराजदूतहरूले पनि यस सन्दर्भमा विज्ञप्ति निकालेर विरोध गर्नुभएको छ । के वर्तमान सरकार एक चीन नीतिको विरुद्धमा होरु यो स्पष्ट पार्नुपर्‍यो । के वर्तमान सरकारको छिमेकीसँगको परराष्ट्र नीति परिवर्तन भएको होरु यो कुराको जवाफ यो सरकारले दिनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...