संविधान संशोधन कार्यदलबाट बाहिरियो एमाले



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) ले सरकारद्वारा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’ बाट आफ्नो प्रतिनिधि फिर्ता बोलाएको छ । पार्टी महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै कार्यदलको कामकारबाही ‘सन्दिग्ध’ रहेको र यसले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्ममा प्रहार गर्न खोजेको आरोप लगाउँदै प्रतिनिधि फिर्ता बोलाइएको जानकारी गराएका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबमोजिम गठित उक्त कार्यदलमा एमालेका तर्फबाट डा. भीष्म अधिकारी सहभागी थिए । तर, कार्यदलको कार्यशैली र उद्देश्यप्रति असन्तुष्टि जनाउँदै एमालेले आफ्ना प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोलाएको हो । एमालेले कार्यदलको काम सुरूदेखि नै सन्दिग्ध प्रकृतिको रहेको दाबी गरेको छ । संविधान संशोधनका विषयहरू स्पष्ट नगरिएको र वर्तमान संविधानको आधारभूत संरचनाप्रति सरकारको दृष्टिकोण प्रष्ट नभएको सो पार्टीको ठहर छ ।

संशोधनका लागि बहसमा ल्याइएका कतिपय विषय संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा देखिएको एमालेले जनाएको छ । यसबारे सरकारको भूमिका स्पष्ट पार्न माग गर्दा पनि कुनै सुनुवाइ नभएको विज्ञप्तिमा उल्लेख छ । वर्तमान संविधानका आधारभूत विषयलाई सुदृढ बनाउन र विगतका कमजोरी सुधार्न एमाले प्रतिबद्ध रहे पनि कार्यदलले व्यवस्थालाई नै खलबल्याउने उद्देश्य राखेको एमालेको जिकिर छ । यसअघि ४ वटा दलहरू कार्यदलबाट बाहिरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...