संविधान संशोधन कार्यदलबाट बाहिरियो एमाले



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) ले सरकारद्वारा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’ बाट आफ्नो प्रतिनिधि फिर्ता बोलाएको छ । पार्टी महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै कार्यदलको कामकारबाही ‘सन्दिग्ध’ रहेको र यसले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्ममा प्रहार गर्न खोजेको आरोप लगाउँदै प्रतिनिधि फिर्ता बोलाइएको जानकारी गराएका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबमोजिम गठित उक्त कार्यदलमा एमालेका तर्फबाट डा. भीष्म अधिकारी सहभागी थिए । तर, कार्यदलको कार्यशैली र उद्देश्यप्रति असन्तुष्टि जनाउँदै एमालेले आफ्ना प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोलाएको हो । एमालेले कार्यदलको काम सुरूदेखि नै सन्दिग्ध प्रकृतिको रहेको दाबी गरेको छ । संविधान संशोधनका विषयहरू स्पष्ट नगरिएको र वर्तमान संविधानको आधारभूत संरचनाप्रति सरकारको दृष्टिकोण प्रष्ट नभएको सो पार्टीको ठहर छ ।

संशोधनका लागि बहसमा ल्याइएका कतिपय विषय संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा देखिएको एमालेले जनाएको छ । यसबारे सरकारको भूमिका स्पष्ट पार्न माग गर्दा पनि कुनै सुनुवाइ नभएको विज्ञप्तिमा उल्लेख छ । वर्तमान संविधानका आधारभूत विषयलाई सुदृढ बनाउन र विगतका कमजोरी सुधार्न एमाले प्रतिबद्ध रहे पनि कार्यदलले व्यवस्थालाई नै खलबल्याउने उद्देश्य राखेको एमालेको जिकिर छ । यसअघि ४ वटा दलहरू कार्यदलबाट बाहिरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...