पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा प्रश्न उठ्यो : नारायणकाजी



हाम्रो इकोनोमि

 

नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा विचलन आउन सक्ने आशंका बलियो बनाएको बताएका छन् । श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सुशीला कार्की नेतृत्वको भनिएको अन्तरिम सरकार र वर्तमान बालेन सरकारलाई दलाई लामा तथा उनले ‘कथित सरकार’ भनेको पक्षबाट बधाई सन्देश आएयता नेपालमा त्यसको अन्तर्यबारे गम्भीर आशंका व्यक्त हुँदै आएको दाबी गरेका छन् । उनले दलाई लामाको उत्तराधिकारी नेपालबाटै घोषणा गर्ने चर्चा पनि चलिरहेको उल्लेख गरेका छन् ।

उनले केही दिनअघि नेपालमा पहिलोपटक सरकारी औपचारिक अनुमतिमा दलाई लामाको जन्मोत्सव समारोहपूर्वक मनाइएको र उक्त कार्यक्रममा काठमाडौंस्थित केही पश्चिमी मुलुकका कूटनीतिज्ञहरूको समेत सहभागिता रहेको सार्वजनिक भएको उल्लेख गर्दै त्यसलाई सामान्य घटना मान्न नसकिने बताएका छन् । श्रेष्ठका अनुसार यस्ता घटनाले वर्तमान सरकार नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिबाट विचलित हुँदै कुनै शक्ति राष्ट्रको रणनीतिक स्वार्थ पूरा गर्ने दिशातर्फ अग्रसर भएको आशंकालाई बल पुर्‍याएको छ ।

उनले नेपालले अवलम्बन गर्दै आएको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई औपचारिकतामा सीमित राखेर व्यवहारमा त्यसबाट विचलन गरिए नेपालको राष्ट्रिय सार्वभौमसत्ता र स्वाधीनता गम्भीर जोखिममा पर्ने चेतावनी दिएका छन् । श्रेष्ठले देशभक्त नेपाली जनताले यस्तो अवस्था स्वीकार नगर्ने र त्यसको सशक्त प्रतिरोध हुने दाबी गर्दै सरकारले राष्ट्रिय सार्वभौमिकता र स्वाधीनताको प्रतिकूल हुने कुनै पनि गतिविधि नगर्न चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...