३० अंकले घट्यो सेयर बजार



हाम्रो इकोनोमि

 

 

मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट बुधबार सेयर बजार ३० अंक घटेको छ । अघिल्लो दिन २४ अंक बढेकोमा आज ३० अंक घटेसँगै नेप्से परिसूचक २६२१ अंकमा कायम भएको छ । कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ४० करोडको कारोबार भएकोमा आज ४ अर्ब ८२ करोडको भयो । आज दिनभरजसो बजार रातो रह्यो । २५ कम्पनीको मूल्य बढ्दा २४७ को घट्यो भने ५ को स्थिर रह्यो ।

सबैजसो समूहगत सूचक घटेका छन् । बैंकिङ १.१८, विकास बैंक १.४६, फाइनान्स १.४३, होटल तथा पर्यटन १.२९, जलविद्युत् १.७०, लगानी ०.३९, जीवन बीमा ०.८४, उत्पादन तथा प्रशोधन १.१३, माइक्रोफाइनान्स ०.८१, निर्जीवन बीमा १.०७, अन्य १.१५ तथा व्यापार ०.२१ प्रतिशत घटे ।

स्नो रिभर्सको मूल्य सबैभन्दा धेरै ४.३९ प्रतिशत बढ्यो । कर्पोरेट डेभलपमेन्ट बैंकको १३.४१, उपकार लघुवित्तको १०.६९, सानीगढ हाइड्रोको ६.३६ तथा सपोर्ट माइक्रोफाइनान्सको मूल्य ६.३२ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, सानीगढ हाइड्रो, कालंगा हाइड्रो, सिटी होटल क्रमशः रहे ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...