३० अंकले घट्यो सेयर बजार



हाम्रो इकोनोमि

 

 

मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट बुधबार सेयर बजार ३० अंक घटेको छ । अघिल्लो दिन २४ अंक बढेकोमा आज ३० अंक घटेसँगै नेप्से परिसूचक २६२१ अंकमा कायम भएको छ । कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ४० करोडको कारोबार भएकोमा आज ४ अर्ब ८२ करोडको भयो । आज दिनभरजसो बजार रातो रह्यो । २५ कम्पनीको मूल्य बढ्दा २४७ को घट्यो भने ५ को स्थिर रह्यो ।

सबैजसो समूहगत सूचक घटेका छन् । बैंकिङ १.१८, विकास बैंक १.४६, फाइनान्स १.४३, होटल तथा पर्यटन १.२९, जलविद्युत् १.७०, लगानी ०.३९, जीवन बीमा ०.८४, उत्पादन तथा प्रशोधन १.१३, माइक्रोफाइनान्स ०.८१, निर्जीवन बीमा १.०७, अन्य १.१५ तथा व्यापार ०.२१ प्रतिशत घटे ।

स्नो रिभर्सको मूल्य सबैभन्दा धेरै ४.३९ प्रतिशत बढ्यो । कर्पोरेट डेभलपमेन्ट बैंकको १३.४१, उपकार लघुवित्तको १०.६९, सानीगढ हाइड्रोको ६.३६ तथा सपोर्ट माइक्रोफाइनान्सको मूल्य ६.३२ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, सानीगढ हाइड्रो, कालंगा हाइड्रो, सिटी होटल क्रमशः रहे ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...