प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ



हाम्रो इकोनोमि

 

 

प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा इलाम नगरपालिका–१० घर भएकी ३३ वर्षीया दीपिका बोहोरा (तामाङ) छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनले आफू प्रहरीको असई बताउँदै असईको बर्दी समेत लगाउने गरेको प्रहरीले बताएको छ । बर्दी लगाएको तस्वीर समेत देखाउँदै विभिन्न आश्वासन दिँदै ई-सेवा तथा मोबाइल बैंकिङ एपमा पटक पटक गरी १५ लाख ५० हजार रुपैयाँ हाल्न लगाएर ठगी गरेको अपराध अनुसनधान कार्यालयका एसपी शरदकुमार थापा क्षेत्रीले बताए । गोंगबुबाट पक्राउ परेकी उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...