ब्लु बसभन्दा व्यवस्थापन र गुणस्तरमा सुधार गरियोस् : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सरकारले सञ्चालनमा ल्याउन लागेको ब्लु बसको रङ्गभन्दा सार्वजनिक यातायातको सेवा, व्यवस्थापन र गुणस्तरमा सुधार हुनु नै मुख्य आवश्यकता भएको बताएका छन् ।

बसको रङ्ग नीलो, रातो, सेतो, कालो, खैरो वा हरियो जे भए पनि त्यो केवल बाह्य परिवर्तन मात्र भएको उनको भनाइ छ । उनले भनेका छन् हरेक वर्ष सडक दुर्घटनाका कारण ज्यान गुमाइरहेका तीन हजारभन्दा बढी नागरिकको जीवन जोगाउने, हजारौँलाई घाइते हुनबाट बचाउने तथा मानवीय र भौतिक क्षतिबाट मुलुकको अर्थतन्त्रलाई जोगाउनेतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्छ ।

वास्तविक परिवर्तन सार्वजनिक यातायात प्रणालीको सेवा, व्यवस्थापन र गुणस्तरमा देखिनुपर्ने बताए । सडक यातायातमा लाग्ने लामो समय र बढ्दो खर्च कम गर्न, सडकलाई मृत्यु मार्गबाट जीवन मार्गमा रूपान्तरण गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...