ब्लु बसभन्दा व्यवस्थापन र गुणस्तरमा सुधार गरियोस् : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सरकारले सञ्चालनमा ल्याउन लागेको ब्लु बसको रङ्गभन्दा सार्वजनिक यातायातको सेवा, व्यवस्थापन र गुणस्तरमा सुधार हुनु नै मुख्य आवश्यकता भएको बताएका छन् ।

बसको रङ्ग नीलो, रातो, सेतो, कालो, खैरो वा हरियो जे भए पनि त्यो केवल बाह्य परिवर्तन मात्र भएको उनको भनाइ छ । उनले भनेका छन् हरेक वर्ष सडक दुर्घटनाका कारण ज्यान गुमाइरहेका तीन हजारभन्दा बढी नागरिकको जीवन जोगाउने, हजारौँलाई घाइते हुनबाट बचाउने तथा मानवीय र भौतिक क्षतिबाट मुलुकको अर्थतन्त्रलाई जोगाउनेतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्छ ।

वास्तविक परिवर्तन सार्वजनिक यातायात प्रणालीको सेवा, व्यवस्थापन र गुणस्तरमा देखिनुपर्ने बताए । सडक यातायातमा लाग्ने लामो समय र बढ्दो खर्च कम गर्न, सडकलाई मृत्यु मार्गबाट जीवन मार्गमा रूपान्तरण गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...