अमेरिकी सेनामा कार्यरत नेपाली युवाको गोली लागेर निधन



हाम्रो इकोनोमि

 

 

अमेरिकी सेनामा कार्यरत एक युवाको गोली लागेर निधन भएको छ । तेह्रथुम जन्मस्थान भएका २४ वर्षिय सुशील थापाको दुई दिनअघि निधन भएको हो । अमेरिका निवासी समाजसेवी जोडी हेम थापा र माया थापाका कान्छा छोरा हुन् सुशील । उनी हालैमात्र अमेरिकाकी सेनामा पदोन्नति भएका थिए । थप तालिमका क्रममा दुर्घटनाबस चलेको गोली टाउकोमा लागेको पारिवारिक स्रोतले बताए पनि आधिकारिक पुष्टि भएको छैन ।  परिवारले शव प्राप्त नगरिसकेको  र  जागीरमा प्रमोसन भएकाहरूलाई नयाँ हतियार दिइएको रहेछ  थापाले भने । त्यसको तालिमका क्रममा साथीको बन्दूकबाट चलेको गोली छोरोको कन्चटमा लागेको भन्ने जानकारी पाएका छौँ । अहिलेसम्म हामीलाई शव दिइएको छैन उनले भने ।

प्रमोसनपछि केही दिन बिदा लिएर सुशीलले परिवारसँग घूमघाम गरेका थिए । छुट्टी सकिएर फेरि जागीर सुरु गरेको केही दिनमा नै दर्दनाक घटना भएको हो । छोराको निधनपछि हिजो हेम थापाले फेसबुकमा दुईवटा स्टाटस लेख्दै सांकेतिकरूपमा बेदना पोखेका थिए । उनले लेखेका छन्, जीवनको सबैभन्दा दुखद घडी‘। मेरो जीबनमा नसोचेको भयो, मेरो र मेरा परीवारको खुसी शत्रुले मात्र हैन भगवानले सम्म देख्न सकेन्, कति मार्नुछ मार भगवान्‘ जिउँदो लास भएर बाचेकै हो, अझै बाँचुला, सहुँला । छोरोको कसैसित दुस्मनी थिएन, जानजान गोली हानिएको हो जस्तो लाग्दैन, घटनाको छानबिनपछि सत्यतथ्य बाहिर आउला, हेम थापाले थपे ।

कानूनी प्रक्रिया पूरा भएपछि एक(दुई दिनमा परिवारले शव प्राप्त गर्ने आशा गरिएको छ । हेम थापाको परिवार २२ वर्षअघि अमेरिका गएको हो । माओवादी जनयुद्धका बेला तीनपटक अपहरण परेका थापा भागेर इजरायल गएका थिए । त्यहाँ दुई वर्ष बिताएपछि अमेरिका गएका हुन् । अमेरिकामा शरणार्थीका रूपमा बसेका उनी उबर चलाउने गर्थे । उनकी पत्नी माया व्यवसाय गर्छिन् । थापा दम्पतीले अमेरिकामा कमाएको पैसाको ठूलो हिस्सा नेपालमा समाजसेवामा खर्च गर्ने गरेको छ । अहिलेसम्म २० करोडभन्दा बढी विभिन्न सेवामुलक कामका लागि नेपाल पठाइसकेको उनीहरूले बताउने गरेका छन् । थापा दम्पतीका दुई छोरा र एक छोरी छन् । जेठा छोरा सुनील र छोरी तुलसा डाक्टर हुन् । कान्छा छोरा सुशील भने अमेरिकी सेनामा जागीर खाइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...