अमेरिकी सेनामा कार्यरत नेपाली युवाको गोली लागेर निधन



हाम्रो इकोनोमि

 

 

अमेरिकी सेनामा कार्यरत एक युवाको गोली लागेर निधन भएको छ । तेह्रथुम जन्मस्थान भएका २४ वर्षिय सुशील थापाको दुई दिनअघि निधन भएको हो । अमेरिका निवासी समाजसेवी जोडी हेम थापा र माया थापाका कान्छा छोरा हुन् सुशील । उनी हालैमात्र अमेरिकाकी सेनामा पदोन्नति भएका थिए । थप तालिमका क्रममा दुर्घटनाबस चलेको गोली टाउकोमा लागेको पारिवारिक स्रोतले बताए पनि आधिकारिक पुष्टि भएको छैन ।  परिवारले शव प्राप्त नगरिसकेको  र  जागीरमा प्रमोसन भएकाहरूलाई नयाँ हतियार दिइएको रहेछ  थापाले भने । त्यसको तालिमका क्रममा साथीको बन्दूकबाट चलेको गोली छोरोको कन्चटमा लागेको भन्ने जानकारी पाएका छौँ । अहिलेसम्म हामीलाई शव दिइएको छैन उनले भने ।

प्रमोसनपछि केही दिन बिदा लिएर सुशीलले परिवारसँग घूमघाम गरेका थिए । छुट्टी सकिएर फेरि जागीर सुरु गरेको केही दिनमा नै दर्दनाक घटना भएको हो । छोराको निधनपछि हिजो हेम थापाले फेसबुकमा दुईवटा स्टाटस लेख्दै सांकेतिकरूपमा बेदना पोखेका थिए । उनले लेखेका छन्, जीवनको सबैभन्दा दुखद घडी‘। मेरो जीबनमा नसोचेको भयो, मेरो र मेरा परीवारको खुसी शत्रुले मात्र हैन भगवानले सम्म देख्न सकेन्, कति मार्नुछ मार भगवान्‘ जिउँदो लास भएर बाचेकै हो, अझै बाँचुला, सहुँला । छोरोको कसैसित दुस्मनी थिएन, जानजान गोली हानिएको हो जस्तो लाग्दैन, घटनाको छानबिनपछि सत्यतथ्य बाहिर आउला, हेम थापाले थपे ।

कानूनी प्रक्रिया पूरा भएपछि एक(दुई दिनमा परिवारले शव प्राप्त गर्ने आशा गरिएको छ । हेम थापाको परिवार २२ वर्षअघि अमेरिका गएको हो । माओवादी जनयुद्धका बेला तीनपटक अपहरण परेका थापा भागेर इजरायल गएका थिए । त्यहाँ दुई वर्ष बिताएपछि अमेरिका गएका हुन् । अमेरिकामा शरणार्थीका रूपमा बसेका उनी उबर चलाउने गर्थे । उनकी पत्नी माया व्यवसाय गर्छिन् । थापा दम्पतीले अमेरिकामा कमाएको पैसाको ठूलो हिस्सा नेपालमा समाजसेवामा खर्च गर्ने गरेको छ । अहिलेसम्म २० करोडभन्दा बढी विभिन्न सेवामुलक कामका लागि नेपाल पठाइसकेको उनीहरूले बताउने गरेका छन् । थापा दम्पतीका दुई छोरा र एक छोरी छन् । जेठा छोरा सुनील र छोरी तुलसा डाक्टर हुन् । कान्छा छोरा सुशील भने अमेरिकी सेनामा जागीर खाइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...