यात्रुबाहक बस कर्णाली नदीमा खस्यो



हाम्रो इकोनोमि

 

 

सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो गाडी कर्णाली नदीमा खसेको छ । दैलेख, चामुण्डा बिन्द्रासैनी नगरपालिका ७ अन्तर्गत साङ्गेतरास्थित कर्णाली राजमार्गमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली नदीमा खसेको हो ।

गाडी चालक सुर्खेत पञ्चपुरी नगरपालिका ८ निवासी अन्दाजी २८ वर्षीय तुलाराम सुवेदी रहेका छन् । गाडीमा चालकसहित पाँच जना सवार रहेको भन्ने बुझिएको छ । गाडी सडकबाट करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा डुबेको छ । घटनास्थलबाट एक जना पुरुषलाई फेला पारी सडकतर्फ ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ । अन्य सवारको उद्धार कार्य जारी रहेको छ भने घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...