गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न



हाम्रो इकोनोमि

 

 

चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य तोकिएको समयभित्र सम्पन्न नहुने देखिएको छ । ठेक्का सम्झौताको म्याद सकिन करिब छ महिना बाँकी रहँदा परियोजनाको करिब ४८ देखि ५० प्रतिशत मात्र निर्माण सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाले २०८१ असारमा ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी हिमालयन कालिञ्चोक–बीबीआर जेभीसँग ७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार रङ्गशाला २०८३ पुस २२ गतेभित्र निर्माण सम्पन्न हुनुपर्नेछ ।

हालसम्म एकवटा दर्शक टावरको निर्माण सम्पन्न भएको छ भने अर्को टावरको दोस्रो तलाको ढलान सकिएको छ । चारमध्ये एकवटा प्यारापिट निर्माण सम्पन्न भएको, दुईवटाको ढलान सकिएको तथा अर्को प्यारापिटको निर्माण कार्य जारी रहेको छ । मैदान निर्माणको काम पनि सुरु भइसकेको छ । मैदानमा पाँचवटा क्रिकेट पिच निर्माण गर्ने तयारी भइरहेको छ । यससँगै मैदानसम्म पुग्ने पहुँचमार्ग, भूमिगत विद्युत् केबल, प्लम्बिङ तथा अन्य आवश्यक पूर्वाधार निर्माणका कामहरू पनि समानान्तर रूपमा अघि बढिरहेका छन् ।

निर्माण कार्यलाई निरन्तरता दिन भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि रङ्गशाला निर्माणमा १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरसभाको १९औँ अधिवेशनमार्फत रङ्गशालाको बाँकी निर्माण सम्पन्न गर्न संघीय सरकार र बागमती प्रदेश सरकारसँग सहकार्यलाई निरन्तरता दिने नीति पनि अघि सारिएको छ । बागमती प्रदेश सरकारले रङ्गशाला निर्माणका लागि बजेट विनियोजन गरे पनि चालु आर्थिक वर्षमा संघीय सरकारले भने यस आयोजनाका लागि बजेट छुट्याएको छैन । यस्तै, महानगरले महानगर क्रिकेट कप र फुटबल लिगलगायत खेलकुद कार्यक्रम सञ्चालनका लागि ६९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
देशका विभिन्न सडकको अवस्था यस्तो छ

    नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग...

भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...

मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए, ४ हजार ६०६ जना सम्पर्कविहीन

    हालसम्म रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला...

मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव...