लुकाएर अमेरिका पठाउन लागिएको गरगहनासहित २ जना पक्राउ



हाम्रो इकोनोमि

 

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा अमेरिका पठाउन लागिएको सुनचाँदीका गहनासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार पक्राउ पर्नेहरूमा ४६ वर्षीय यज्ञराज सुवेदी र ३४ वर्षीय रामप्रसाद दाहाल रहेका छन् ।

विमानस्थलको कार्गो कम्प्लेक्समा जाँचका क्रममा शंकास्पद अवस्थामा ती गहना फेला परेको प्रहरीले बताएको छ । एपेक्स लजिस्टिकमार्फत अमेरिका पठाउन लागिएको ‘मेनिफेस्ट नं. AMS AP 321’ भएको कार्गो बाकसमा जुत्ता, पाइन्ट, सारी र अन्य कपडा पनि थियो । सुवेदी युनिक कार्गोका सञ्चालक हुन् भने दाहाल एपेक्स लजिस्टिक प्रालिका सञ्चालक हुन् ।

तर, एक्सरे मेसिनमा चेकजाँच गर्दा बाकसभित्र घोषणा गरिए अनुसारको सामान गहना भेटिएको बताइएको छ । प्रहरीले सुनको गहनाहरू नौगेडी, चन्द्रमा, जन्तर, सिंगल र डबल ब्रोच, शिरफूल, नेपालको झण्डा अङ्कित ब्रोच, खुकुरी आकारको ब्रोच, मङ्गलसूत्र, मोतीमाला, रानीहार र त्रिशूल बरामद गरेको छ । त्यस्तै चाँदीको गोलो र चारपाटे नेकलेस, काँडावाला चुरा, यार्लिङसहितको शिरबन्दी सेट, झुम्का, तिलहरी र सिक्री बरामद गरिएको छ । पक्राउ परेका दुवै व्यक्ति र बरामद गहना आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको सिलवालले बताए ।

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...