दोस्रो चरणको चुनाव हुदै रास्वपा महाधिवेशनमा



हाम्रो इकोनोमि

 

 

रास्वपाको जारी महाधिवेशन ९९ केन्द्रीय सदस्य चयन गर्नको लागि निर्वाचन सकिएलगत्तै दोस्रो चरणको तयारी थालेको छ । प्रवक्ता मनिष झाका अनुसार ४ बजेबाट दोस्रो चरणको निर्वाचन थाल्नेगरी आयोगले काम गरिरहेको छ । रास्वपाको सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहेका बालेन शाह सर्वसम्मत भइसकेका छन् ।

दुई उपसभापति, एक महामन्त्री, ३ सहमहामन्त्री पदको लागि निर्वाचन हुने प्रवक्ता झाले बताए । १९ सदस्यीय पदाधिकारी रहेको रास्वपामा ३ उपसभापतिमध्ये १ जना मनोनीत गर्ने व्यवस्था छ । यस्तै, २ महामन्त्रीमध्ये १ जना, ५ सहमहामन्त्रीमध्ये २ जना मनोनीत हुने व्यवस्था रास्वपाको विधानले गरेको छ । पहिलो चरणमा केन्द्रीय सदस्यका लागि भएको चुनावमा २९५९ मत खसेको थियो । ४३११ प्रतिनिधिमध्ये रहेको रास्वपामा १३५२ जना मतदानमा अनुपस्थित भए ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...