भेनेजुएलामा शक्तिशाली भूकम्प, १० हजार बढीको मृत्युको आशंका



हाम्रो इकोनोमि

 

 

राजधानी काराकाससहित धेरै सहरमा भवनहरू हल्लिएका, केही संरचनाहरू भत्किएका तथा हजारौँ मानिस घरबाट बाहिर निस्कन बाध्य भएका छन् । अधिकारीहरूले आपत्कालीन अवस्था घोषणा गर्दै उद्धार तथा राहत अभियान तीव्र बनाएका छन् ।

भूकम्पपछि राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्जले धेरै राज्यहरू प्रभावित भएको जानकारी दिए । उनले क्षतिग्रस्त घर तथा भवनहरूको यकिन विवरण, घाइते वा मृत्युको आधिकारिक सङ्ख्या भने सार्वजनिक गरेका छैनन् ।

अमेरिकी भूगर्भीय सर्वेक्षण संस्था (यूएसजीएस)ले सम्भावित मृत्यु सङ्ख्या १० हजारदेखि १ लाखसम्म हुन सक्ने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ। सरकारले नागरिकहरूलाई शान्त रहन, एकताबद्ध हुन तथा सरकारी निकायहरूसँग समन्वय गर्न आग्रह गरेको छ ।

रोड्रिग्जका अनुसार देशको मुख्य हवाई प्रवेशद्वार सिमोन बोलिभर अन्तर्राष्ट्रिय विमानस्थलमा समेत क्षति पुगेको छ । क्षतिको गम्भीरताका कारण विमानस्थल बन्द गरिएको छ भने विद्यालयका कक्षाहरू केही दिनका लागि स्थगित गरिएका छन् । शिक्षा मन्त्रालयले केही विद्यालयलाई अस्थायी आश्रयस्थल र राहत वितरण केन्द्रका रूपमा प्रयोग गरिने जनाएको छ ।

स्वास्थ्यकर्मीहरूलाई अस्पतालमा उपस्थित भएर घाइतेहरूको उपचारमा सहयोग गर्न सरकारले आह्वान गरेको छ । तटीय फाल्कन राज्यका गभर्नर भिक्टर क्लार्कका अनुसार कम्तीमा ३२ जना अस्पतालमा भर्ना भएका छन् भने भूकम्प गएको चार घण्टापछि पनि १५ जना भग्नावशेषमा फसेका थिए ।

अमेरिकी भूगर्भ सर्वेक्षणले पहिलो भूकम्पको तीव्रता सुरुमा ७.१ मापन गरे पनि पछि ७.२ मा संशोधन गरेको थियो । यसको केन्द्र काराकासबाट करिब १६८ किलोमिटर पश्चिममा क्यारिबियन तटीय क्षेत्रको मोरोन समुदाय नजिक रहेको थियो । २२ किलोमिटर गहिराइमा गएको पहिलो भूकम्पपछि एक मिनेटमै ७.५ म्याग्निच्युडको दोस्रो भूकम्प आएको थियो । दोस्रो भूकम्पको केन्द्र मोरोनबाट १६ किलोमिटर दक्षिणपश्चिममा तथा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...