सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको बताएका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै सरकारको नीति कार्यक्रम गरिब मजदुर किसानका विरुद्ध भएको बताए ।

उनले भने सरकार श्रमिक वर्ग विरोधी, गरिब मजदुर किसान विरोधी, अधिकार, ट्रेड युनियन अधिकार लगायतका अधिकार विरोधी क्रियाकलापका विरुद्ध हामीले सबै मोर्चाबाट आवाज उठाउनु पर्नेछ । क्रमशः हामी सदनबाट, सडकबाट अगाड बढ्ने कोसिस गरिरहेका छौँ । सदनमा सबै प्रतिपक्षीहरूलाई एक ठाउँमा केन्द्रित गरेर अगाडी जाने हाम्रो कोसिस छ । सडकमा पनि बिस्तारै यी विषयहरू जनतालाई लैजान जरुरी छ ।

उनले सरकारको कदमविरुद्ध बिस्तारै–बिस्तारै जनताले पनि बुझ्दै जाने स्थिति बनेको भन्दै आत्तिनु पर्ने कारण नभएको बताए । फेरि एकचोटी गणतन्त्रवादी र वामपन्थीहरू मिलेर अगाडी बढ्नुपर्ने आवश्यकता रहेको बताए ।  उनले भने, एमाले, कांग्रेस, मधेश केन्द्रित दलहरूसँग हाम्रो लगातार छलफल भइराखेको छ । स्वयं सत्तामा भएको पार्टीका नेताहरूसँग पनि विभिन्न रूपमा छलफलहरू कुराकानीहरू भइराखेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...