सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको बताएका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै सरकारको नीति कार्यक्रम गरिब मजदुर किसानका विरुद्ध भएको बताए ।

उनले भने सरकार श्रमिक वर्ग विरोधी, गरिब मजदुर किसान विरोधी, अधिकार, ट्रेड युनियन अधिकार लगायतका अधिकार विरोधी क्रियाकलापका विरुद्ध हामीले सबै मोर्चाबाट आवाज उठाउनु पर्नेछ । क्रमशः हामी सदनबाट, सडकबाट अगाड बढ्ने कोसिस गरिरहेका छौँ । सदनमा सबै प्रतिपक्षीहरूलाई एक ठाउँमा केन्द्रित गरेर अगाडी जाने हाम्रो कोसिस छ । सडकमा पनि बिस्तारै यी विषयहरू जनतालाई लैजान जरुरी छ ।

उनले सरकारको कदमविरुद्ध बिस्तारै–बिस्तारै जनताले पनि बुझ्दै जाने स्थिति बनेको भन्दै आत्तिनु पर्ने कारण नभएको बताए । फेरि एकचोटी गणतन्त्रवादी र वामपन्थीहरू मिलेर अगाडी बढ्नुपर्ने आवश्यकता रहेको बताए ।  उनले भने, एमाले, कांग्रेस, मधेश केन्द्रित दलहरूसँग हाम्रो लगातार छलफल भइराखेको छ । स्वयं सत्तामा भएको पार्टीका नेताहरूसँग पनि विभिन्न रूपमा छलफलहरू कुराकानीहरू भइराखेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...