रवि र बालेनले उद्घाटन समारोहमा सम्बोधन गर्ने



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी तीब्र पारिएको छ । भोलि ६ गते साँझ रास्वपा केन्द्रीय समितिको बैठक भरतपुरमा बस्ने तय भएको छ । उद्घाटन समारोहमा विभिन्न पार्टीका नेताहरुबाट शुभकामनासहित पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र साह र पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्ने जनाइएको छ ।

उद्घाटन सत्रलाई भव्य बनाउन चितवनको चिनारी झल्कने विभिन्न जातीय संस्कृति झल्कने नाँचहरू पनि प्रर्दशन गर्ने तयारी छ । ८ गते बिहानदेखि बन्दसत्रका कार्यक्रम सुरु गर्ने रास्वपाको तयारी छ ।भरतपुरको गेस्ट हाउस चौरमा हुने उद्घाटन समारोहका लागि घामपानी छेक्ने छानोसहितको ‘जर्मन ह्याङ्गर’ तयार गरिएको छ । तीनवटा सेक्सनमा तयार गरिएको ह्याङ्गरमा ५ हजारसम्म कुर्सी राख्न मिल्छ ।

काठमाडौंको मिडिया स्पेस सोलुसनले बनाउँदै गरेको संरचनामा मुख्य खण्ड २० मिटर चौडा र ७५ मिटर लम्बाइको रहनेछ । बाँकी ३० मिटर लम्बाइ र २० मिटर चौडाइ भएका दुईवटा सहायक खण्ड रहनेछन् ।

यिनको उचाइ बीचको भागमा २४ फिट र छेउको उचाइ १६ फिट रहनेछ । यस भित्र १० हजार जति अटाउन सक्ने जनाइएको छ । रास्वपाले उद्घाटन सत्रका लागि स्वतस्फुत:  रुपमा आफैं व्यवस्थापन गरेर सहभागी हुन आह्वान गरेको छ । चैत ७, ८ र ९ गते हुने रास्वपाको पहिलो महाधिवेशनको उद्घाटन सत्र गेस्ट हाउस चौरमा भए पनि बन्दसत्र भने चितवन उद्योग संघको हलमा गर्ने गरी व्यवस्थापन गरिएको छ ।

असार ७ गते दिउँसो २ बजे उद्घाटन समारोह सुरु गर्ने तयारी छ । रास्वपाको महाधिवेशन उद्घाटन पूर्वी चितवनको टाँडीमा गर्ने भनिए पनि अन्तिम समयमा आएर भरतपुर सारिएको थियो । होटल स्टारमा उद्घाटन सत्र समारोहका लागि बाँसको पण्डाल तयार हुँदै गर्दा महाविधेशन उद्घाटनस्थल परिवर्तन गरिएको हो । पण्डाल लगायतका संरचना बनाउन ७ लाख जति खर्च भइसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...