युद्धपछि इरान झन् शक्तिशाली



हाम्रो इकोनोमि

 

 

अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन् । सीएनएनको रिपोर्टअनुसार, युद्धपछि इरान पहिलेभन्दा धेरै शक्तिशाली भएको छ । गुप्तचर एजेन्सीहरूको मूल्याङ्कन अनुसार, इरानले अब जतिबेला पनि होर्मुज स्ट्रेट बन्द गर्न सक्छ । रिपोर्टसँग जानकार तीन स्रोतले बताएअनुसार युद्धपछि इरानसँग विश्वव्यापी अर्थतन्त्रलाई नोक्सान पुर्‍याउन सक्ने अर्को नयाँ र शक्तिशाली क्षमता थपिएको छ ।

अमेरिकी अधिकारीहरू इरानले आणविक बमभन्दा प्रभावकारी हतियार प्राप्त गरेको विश्वास गर्छन् । यदि आणविक वार्ता विफल भयो भने इरानले यमनका हुथी विद्रोहीहरूमार्फत बाब अल मन्देव स्ट्रेटमा पनि सङ्कट पैदा गर्न सक्छ । यस्तो अवस्थामा विश्वका दुई ठूला समुद्री व्यापार मार्गहरू एकैसाथ प्रभावित हुन सक्छन्, रिपोर्टमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...