खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ



हाम्रो इकोनोमि

 

 

सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति लागुऔषधसहित पक्राउ परेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगरले युवतीलाई जंगलमा लगेर खुकुरी देखाई डराइधम्काई कुटपिट गरेको, आपत्तिजनक शब्द बोलेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डा. हेम केसीले  जानकारी दिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले उनलाई घरबाटै विभिन्न प्रकारका लागुऔषधका ट्याब्लेटसहित पक्राउ गरेको हो । घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय जिबराज खत्रीलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको तथा पीडित युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको केसीले बताए । उनीविरूद्व ३–४ प्रकृतिका मुद्दा आकर्षण हुने बताइएको छ । सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएसँगै चौतर्फी आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस
संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...

२४ भदौ इतिहासको कालो दिन : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका...

हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो–ओली

    नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भदौ...