खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ



हाम्रो इकोनोमि

 

 

सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति लागुऔषधसहित पक्राउ परेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगरले युवतीलाई जंगलमा लगेर खुकुरी देखाई डराइधम्काई कुटपिट गरेको, आपत्तिजनक शब्द बोलेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डा. हेम केसीले  जानकारी दिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले उनलाई घरबाटै विभिन्न प्रकारका लागुऔषधका ट्याब्लेटसहित पक्राउ गरेको हो । घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय जिबराज खत्रीलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको तथा पीडित युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको केसीले बताए । उनीविरूद्व ३–४ प्रकृतिका मुद्दा आकर्षण हुने बताइएको छ । सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएसँगै चौतर्फी आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...