सबै काण्डको फाइल खोल्न एमालेको चुनौती



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै अर्थमन्त्रीको दम्भले गम्भीर बनाएको बताए । उनले भने अर्थमन्त्रीज्यूको एटीट्युडले हामीलाई असाध्यै गम्भीर बनायो । न त्यसमा विषयवस्तु छ, न सारमा केही जनताको पक्षमा देश विकास गर्न गर्ने, प्याराडाइम सिफ्ट गर्ने खालको विषयवस्तु छ । न उहाँको स्वभाव शैली जुन प्रकारको विद्वानमा हुनुपर्ने स्वभाव शैली हो, त्यो देखियो । उनले अर्थमन्त्रीले प्रतिपक्षीहरूलाई अपमान गर्ने गरीकन प्रस्तुत भइरहेको बताए ।

उनले बजेट हावादारी रहेको भन्दै जनताको चाहनाअनुसार काम गर्न नसक्ने बताए । बजेटले जनमतको अपमान गरेको बताए । उनले अर्थमन्त्रीमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताए । उनले अर्थमन्त्रीलाई ३५ वर्षका काण्डको फाइल खोल्न चुनौती दिए । अर्थमन्त्रीले ल्याएको बजेटले देश बन्ने कुरा प्रधानमन्त्रीलाई पनि विश्वास नभएको बताए । प्रधानमन्त्रीले घोषणा गरेको देश बनाउने टीममा अर्थमन्त्री नपर्नुले प्रधानमन्त्रीलाई बजेटप्रति विश्वास नभएको पुष्टि हुने बताए ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...