विश्वप्रकाश र कृष्ण सिटौलाबीच वार्ता



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र इतर पक्षका नेता कृष्णप्रसाद सिटौलाबीच भेटवार्ता भएको छ । आज झापा धुलाबारीमा दुई नेताहरूबीच भेट भएको कांग्रेस झापाका सचिव कृष्ण हुमागाईँले बताए। उनका अनुसार दुई नेताहरूबीच केही समय वान टु वान वार्ता भएको थियो । आन्तरिक समस्या समाधान कित्ताकाटबाट नभई वार्ता र संवादबाट पार्टीभित्र बलियो एकता कायम गर्न सकिनेमा नेताहरु एकमत रहेको उनले बताए ।

नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा याम भण्डारीको निधनप्रति समवेदना प्रकट गर्न दुई नेता आज बिहान झापा पुगेका थिए । उनीहरू झापाकै हुन् । पार्टीभित्र आन्तरिक विवाद चर्किएर विभाजनको डिलमा पुगेको बेलामा दुई नेताबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा आएपछि कांग्रेसमा विवाद चर्किएको छ । सिटौलासहित इतर पक्षका नेताहरू अझै पनि विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई अस्वीकार गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...