रास्वपाकी सांसद भट्टराईलाई कारबाही हुनसक्ने



हाम्रो इकोनोमि

 

 

रास्वपाकी समानुपातिक सांसद सृष्टी भट्टराई आफैँले अपलोड गरेको एउटो भिडिओका कारण समस्यामा परेकी छन् । उनले ट्राफिक कारबाहीको भागीदार बन्नुपर्ने हुन सक्छ । सृष्टीले कारको अगाडि झ्यालबाट जीउ बाहिर निकालेर भिडिओ बनाएकी थिइन् । गत फागुन २१ गते (प्रतिनिधिसभा निर्वाचनको दिन) उनले अपलोड गरेको भिडिओ अहिले भर्खर चर्चामा आएको हो । धेरैले नेपाल प्रहरीलाई मेन्सन गर्दै उनीमाथि ट्राफिक नियम उल्लंघनको कसुरमा कारबाही हुनुपर्ने बताइरहेका छन् ।

प्रहरी स्रोतका अनुसार सृष्टिलाई यातायात व्यवस्था ऐन बमोजिम कारबाही हुने भएको छ । केन्द्रीय प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाका एक अधिकृतका अनुसार उनले गरेको कसुर यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ अन्तर्गत कारबाहीको दायरामा पर्छ । उक्त दफामा लापरबाहीको कसुर आकर्षित हुने हो ।

सो व्यवस्थाअनुसार पहिलोपटक ५००, दोस्रोपटक १००० र तेस्रोपटक १५०० रूपैयाँ जरिवाना हुन्छ । सांसद भट्टराईले उक्त दृश्य कुन ठाउँमा कैद गरेकी हुन् भन्ने कुरा खुल्न सकेको छैन । पारिवारिक स्रोतका अनुसार उनी काठमाडौंबाट धनकुटा जाँदाखेरिको हो ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...