रास्वपाकी सांसद भट्टराईलाई कारबाही हुनसक्ने



हाम्रो इकोनोमि

 

 

रास्वपाकी समानुपातिक सांसद सृष्टी भट्टराई आफैँले अपलोड गरेको एउटो भिडिओका कारण समस्यामा परेकी छन् । उनले ट्राफिक कारबाहीको भागीदार बन्नुपर्ने हुन सक्छ । सृष्टीले कारको अगाडि झ्यालबाट जीउ बाहिर निकालेर भिडिओ बनाएकी थिइन् । गत फागुन २१ गते (प्रतिनिधिसभा निर्वाचनको दिन) उनले अपलोड गरेको भिडिओ अहिले भर्खर चर्चामा आएको हो । धेरैले नेपाल प्रहरीलाई मेन्सन गर्दै उनीमाथि ट्राफिक नियम उल्लंघनको कसुरमा कारबाही हुनुपर्ने बताइरहेका छन् ।

प्रहरी स्रोतका अनुसार सृष्टिलाई यातायात व्यवस्था ऐन बमोजिम कारबाही हुने भएको छ । केन्द्रीय प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाका एक अधिकृतका अनुसार उनले गरेको कसुर यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ अन्तर्गत कारबाहीको दायरामा पर्छ । उक्त दफामा लापरबाहीको कसुर आकर्षित हुने हो ।

सो व्यवस्थाअनुसार पहिलोपटक ५००, दोस्रोपटक १००० र तेस्रोपटक १५०० रूपैयाँ जरिवाना हुन्छ । सांसद भट्टराईले उक्त दृश्य कुन ठाउँमा कैद गरेकी हुन् भन्ने कुरा खुल्न सकेको छैन । पारिवारिक स्रोतका अनुसार उनी काठमाडौंबाट धनकुटा जाँदाखेरिको हो ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...