एमालेलाई डिजिटल शक्तिमा लान नसक्दा गम्भीर धक्का : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव स्रोतलाई डिजिटल शक्तिमा लान नसक्दा एमालेले गम्भीर धक्का खाएको बताएका छन् । नेकपा एमालेले आयोजना गरेको प्रदेश स्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी सुझाव सङ्कलन कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै अरू क्षेत्रमा पनि धक्का लागेको भए पनि सबै भन्दा बढी एमालेले धक्का खाएको बताए । उनले आफू नेतृत्वको सरकारले देशको विकास र सुशासनका क्षेत्रमा काम गरी रहेको भए पनि अहिले देश सही बाटोमा नहिँडेको बताए । उनले संविधान निर्माणका बेलादेखि नै अवरोधहरू आएको भन्दै ती अवरोध हटाएर अगाडि बढेको स्मरण गरे ।

उनले दुवै छिमेकीसँगको सम्बन्ध राम्रो बनाएको दाबी गर्दै सामाजिक क्षेत्रको समेत विकास भएको बताए । उनले आफूले गरेको कामको प्रचार गर्न नसकेको बताए । उनले भने हाम्रा विरुद्ध भएको प्रचारको प्रतिवाद गर्न सकेनौ । सत्यको प्रचार गर्न सकेनौं । असत्यको प्रतिवाद गर्न सकेनौं । उनले पार्टीको मानव शक्तिलाई डिजिटल शक्तिमा परिणत गर्न नसकेको स्वीकार गरे ।

उनले आफैले गरेको कामको बारेमा जनतालाई बुझाउन पार्टी पङ्तीले बुझाउन नसक्दा केही पनि नगरेकाहरूले पार्टी विरुद्ध र नेता विरुद्ध प्रचार गरेको बताए । उनले भने  यही प्रचारका आधारमा तालिम प्राप्त भएकाहरूले भदौ २४ गतेको घटना भएको बताए । उनले भने योजनाबद्ध लागेकाहरूले भदौ २४ को आगजनी र आतङ्क मच्चाए । यो आतङ्कको बलमा एमालेलाई बदनाम गराइयो र पार्टी र नेताहरूका बारेमा भ्रम फैलाइयो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...