रास्वपाको ६४ जिल्ला र ४ वटा प्रदेशको नेतृत्व टुंगियो



हाम्रो इकोनोमि

 

 

पहिलो राष्ट्रिय महाधिवेशनको संघारमा रहेको रास्वपाले ६४ जिल्ला र ४ वटा प्रदेशको अधिवेशन सम्पन्न गरेको छ । केही स्थानका अधिवेशन आन्तरिक विवाद र विधान मिचिएका कारण स्थगित र बदरसमेत भएका छन् । महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार हालसम्म ४ हजार ३६३ वडा, ६०९ पालिकाको अधिवेशन सकिएको छ ।

कर्णाली प्रदेशका २ जिल्ला डोल्पा र हुम्ला, लुम्बिनीको रुकुम पूर्व, गण्डकीको मनाङ र मुस्ताङ, मधेशको धनुषा, सप्तरी बारा र सर्लाहीमा अधिवेशन बाँकी छ । अधिवेशन प्रक्रिया सुरू भई स्थगन भएका जिल्लाको सूचीमा सिन्धुपाल्चोक, सिरहा, महोत्तरी र रौतहट छन् । ७ प्रदेशमध्ये मधेशको अधिवेशन स्थगन छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको अधिवेशन चालू रहेको बुर्लाकोटीले बताए । रास्वपाले यही असार ७ -९ मा चितवनमा राष्ट्रिय महाधिवेशन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...