रास्वपा कर्णाली मतपत्रमा बिवाद, अधिवेशनमा बन्यो प्यानल



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कर्णाली अधिवेशनमाा प्यानलगत मत मागेको नमूना मतपत्र वितरण गरिएपछि सभापतिका प्रतिस्पर्धीले आपत्ति जनाएका छन् । सुर्खेतको विरेन्द्रनगरमा तीन दिन देखि जारी पहिलो अधिवेशनमा सभापतिका उम्मेदवार मदनबहादुर खड्काले आफ्नो प्यानलका उम्मेदवारलाई जिताउने गरी नमूना मतपत्र वितरण गरेको भेटिएको हो ।

पहिलो चरणमा सभापति र प्रदेश सदस्यका लागि हुने मतदानमा खड्काले आफू पक्षीय उम्मेदवारमा टिक लगाएर मत मागेको नमूनापत्र सार्वजनिक भएको छ । सभापतिको उम्मेदवारमा थप दुई उम्मेदवारमा स्नेहा उपाध्याय नेपाल र नन्दकिशोर बस्नेत छन् ।

सभापतिका उम्मेदवार बस्नेतले प्यानल बनाएर मत मागिएको प्रति आपत्ति जनाए । प्यानल बनाएर उम्मेदवारलाई मत मागिएको भन्दै उनले नयाँ दलमा गलत प्रवृत्ति देखिएको बताए । हाल सभापति रहेका खड्काले सबै कर्णालीका सबै क्षेत्रबाट आफ्नो पक्षलाई टिक लगाएको मत मागेको नमूना पत्र सार्वजनिक भएको छ । तीन दिन देखि प्रतिनिधि विवादले रोकिएको मतदान प्रक्रिया मंगलबार विहानबाट सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...