रास्वपा कर्णाली मतपत्रमा बिवाद, अधिवेशनमा बन्यो प्यानल



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कर्णाली अधिवेशनमाा प्यानलगत मत मागेको नमूना मतपत्र वितरण गरिएपछि सभापतिका प्रतिस्पर्धीले आपत्ति जनाएका छन् । सुर्खेतको विरेन्द्रनगरमा तीन दिन देखि जारी पहिलो अधिवेशनमा सभापतिका उम्मेदवार मदनबहादुर खड्काले आफ्नो प्यानलका उम्मेदवारलाई जिताउने गरी नमूना मतपत्र वितरण गरेको भेटिएको हो ।

पहिलो चरणमा सभापति र प्रदेश सदस्यका लागि हुने मतदानमा खड्काले आफू पक्षीय उम्मेदवारमा टिक लगाएर मत मागेको नमूनापत्र सार्वजनिक भएको छ । सभापतिको उम्मेदवारमा थप दुई उम्मेदवारमा स्नेहा उपाध्याय नेपाल र नन्दकिशोर बस्नेत छन् ।

सभापतिका उम्मेदवार बस्नेतले प्यानल बनाएर मत मागिएको प्रति आपत्ति जनाए । प्यानल बनाएर उम्मेदवारलाई मत मागिएको भन्दै उनले नयाँ दलमा गलत प्रवृत्ति देखिएको बताए । हाल सभापति रहेका खड्काले सबै कर्णालीका सबै क्षेत्रबाट आफ्नो पक्षलाई टिक लगाएको मत मागेको नमूना पत्र सार्वजनिक भएको छ । तीन दिन देखि प्रतिनिधि विवादले रोकिएको मतदान प्रक्रिया मंगलबार विहानबाट सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस
संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...

२४ भदौ इतिहासको कालो दिन : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका...

हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो–ओली

    नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भदौ...