ठेकेदारले काम नगरे खुट्टा भाँच्दिनू : मन्त्री लम्साल



हाम्रो इकोनोमि

 

 

भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालले काम नगर्ने निर्माण व्यवसायीको खुट्टा भाँच्न ठाडो आदेश दिएका छन् । नागढुंगा(मुग्लिङ सडक आयोजनाको अनुगमनका क्रममा उनले सरकारका जिम्मेवार अधिकारीहरुलाई यस्तो आदेश दिएका हुन् ।

पश्चिमदेखि पूर्वसम्म निर्माणाधीश सडकहरूको अवलोकन गर्ने क्रममा मन्त्री लम्साल हिजो केहीबेर उक्त सडकखण्डमा रोकिएका थिए । त्यहाँ निरीक्षणका क्रममा धादिङका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, आयोजना प्रमुख लगायत पनि सहभागी भए । मन्त्रीले उनीहरूलाई ठेकेदारहरूलाई छिटो काम गराउन निर्देशन दिए ।

उनको निर्देशन यस्तो थियो-

यहाँको पोलवाला हो नि बिजुलीको पोल‘ त्यो कन्ट्रयाक्टरलाई कहाँ छ, यो धरतीमा जहाँ भए पनि खोजेर ल्याउनु‘ त्यसलाई यहीँ राख‘घर पठाउने होइन । त्यसले काम गरेन भने खुट्टा भाँच्दिनू । मतलब भएन । यिनीहरूलाई चाँडैभन्दा चाँडै पोल सार्नुपर्‍यो । यहाँको पब्लिकले धेरै दुस्ख पायो । तिनीहरूलाई काम गराउनुपर्‍यो राम्रोसँग ।

काम छिटो गराउन मन्त्रीले कर्मचारीतन्त्रलाई झक्झक्याउने कुरा स्वभाविक भए पनि ‘काम नगर्ने ठेकेदारको खुट्टा भाँच्ने’ निर्देशन गैरकानूनी निर्माण व्यवसायी बताउँछन् । नेपाल निर्माण व्यवसायी महासंघका एक पदाधिकारीले मन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको टिप्पणी गरे ।

उनले भने, ठेकेदारले सम्झौता बमोजिम काम नगरेको खण्डमा उसलाई सरकारले कानूनी कारबाहीको दायरामा ल्याउन सक्छ । तर, ठेकेदारमाथि भौतिक आक्रमण गर्ने निर्देशन दिनु निन्दनीय हो । यसको हामी घोर भत्र्सना गर्छौँ ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...