फाइल खोल्ने धम्की कसलाई दिएको : पद्मा आर्याल



हाम्रो इकोनोमि

 

 

 नेकपा एमालेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रश्नकर्ता सांसदहरूलाई फाइल खोल्ने धम्की दिएको भन्दै यसमा जवाफ मागेको छ । आइतबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै पार्टीको तर्फबाट समय लिएर बोल्दै एमाले संसदीय दलका नेता पद्मा आर्यालले यो विषय उठाएकी हुन् ।

बजेटमाथिको छलफलका प्रश्न गर्ने विपक्षी दलका सांसदहरूलाई लक्षित गर्दै अर्थमन्त्री वाग्लेले पूराना दलका सांसद र नेताहरूको काण्डबारे आफू जानकार रहेको र ति पनि खुल्ने बताएका थिए । विशेषगरी करको दर हेरफेर गरिएको विषयमा प्रश्न उठाउने विपक्षी सांसदहरूको चेतनामाथि प्रश्न उठाउँदै यही जेठ २८ गते अर्थमन्त्री वाग्लेले भनेका थिए, तपाईंहरूको काण्डबारे हामी अनभिज्ञ हो र ?

यसप्रति एमालेकी सचेतक अर्यालले प्रश्न उठाएकी हुन् । अर्थमन्त्रीले जवाफ दिँदा जे चीज बताउनुभयो धेरै नै आपत्तिजनक कुरा बताउनुभएको छ’ अर्यालले प्रश्न गरिन्, कसलाई लक्षित गर्नुभएको ? फाइल खोल्ने धम्की दिनुभएको छ ।

उनले अगाडि भनेकी छन्, टि स्टेटको पाइल खोलियोस् । यो हार्दिक आग्रह छ । ओम्नी हुन कि वाइडबडी हुन कि के के हुन् । ति खोलियोस् । साचो कुरा जे हो त्यो बाहिर ल्याइयोस् । छानबिनले सत्य ठहरिएन भने गम्भीर आरोप लगाउनेहरू कानुनी कठघरामा उभिन तयार हुनुपर्ने पनि उनको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...