ल्यान्डिङ गियरमा समस्या आएपछि बुद्धको जहाज काठमाडौं फर्काइयो



हाम्रो इकोनोमि

 

 

काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि आकस्मिक रूपमा काठमाडौं नै फर्काइएको छ ।

सोमबार बिहान करिब ७ः०५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जनकपुरका लागि उडेको बुद्ध एयरको उडानमा ल्यान्डिङ गियरसँग सम्बन्धित समस्या देखिएपछि जहाजलाई बीचबाटै फर्काइएको हो । प्राविधिक समस्या देखिएपछि जहाजलाई आपत्कालीन अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सञ्जय कुमारले जहाजमा समस्या देखिएपछि काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको र अवस्था सामान्य रहेको जानकारी दिए । उनका अनुसार जहाजका सबै यात्रु तथा चालक दलका सदस्य सुरक्षित रहेका छन् । जहाजमा देखिएको प्राविधिक समस्याबारे थप प्राविधिक परीक्षण भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...