अमेरिका–इरानबीच शान्ति सम्झौताको घोषणा



हाम्रो इकोनोमि

 

 

फारसको खाडी क्षेत्रमा जारी तनाव अन्त्य गर्ने विषयमा अमेरिका र इरानबीच एक महत्वपूर्ण शान्ति सम्झौता भएको छ । वार्ताको मध्यस्थता गरिरहेका पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले वक्तव्य जारी गर्दै सम्झौता सम्पन्न भएको जानकारी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ट्रुथ सोसलमार्फत इरानसँग सम्झौता भएको बताएका छन् । यस्तै, इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले समेत सम्झौता भएको पुष्टि गरेका छन् । यसैबीच बेलायत, फ्रान्स, जर्मनी र इटालीका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै अमेरिका, इरान तथा क्षेत्रीय साझेदारहरूसँग मिलेर यो अवसरलाई सफल बनाउन काम गर्ने बताएका छन् ।

सम्झौताका प्रमुख मध्यस्थमध्ये एक रहेका प्रधानमन्त्री शहबाज शरीफले एक्समा लेखेका छन्, लामो वार्तापछि अमेरिका र इरानबीच शान्ति सम्झौता भएको घोषणा गर्न पाउँदा हामी खुशी छौं । दुवै पक्षले लेबनानसहित सबै मोर्चामा सैन्य गतिविधि तत्काल र स्थायी रूपमा रोक्ने सहमति गरेका छन् । सम्झौताको घोषणा भएपछि एसियाली बजारमा तेलको मूल्य घटेको छ । साथै विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण होर्मुज जलघाँटी पुनः सञ्चालनको तयारी सुरु भएको बताइएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले जी–७ शिखर सम्मेलनमा होर्मुज जलघाँटीलाई दीर्घकालीन रूपमा खुला राख्ने विषयमा छलफल हुने बताएका छन् ।

इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीका अनुसार कतारी मध्यस्थकर्ताहरूले तेहरानमा अमेरिका र इरानबीच समझदारीपत्र (एमओयू)को मस्यौदामा सहमति जुटाउन करिब १४–१५ घण्टा लामो वार्ता गराएका थिए । उनले अन्तिम सम्झौतासम्बन्धी वार्ता आगामी ६० दिनभित्र हुने जानकारी दिँदै इरानको मुख्य प्राथमिकता आफूहरूमाथि लगाइएका सबै प्रतिबन्ध हटाउनु रहेको बताए ।
घरिबाबादीका अनुसार आइतबार तेहरानमा कतारको प्रतिनिधिमण्डल उपस्थित भई ‘इस्लामाबाद समझदारीपत्र’ को मस्यौदा अन्तिम रूप दिन सहयोग गरेको थियो । डोनाल्ड ट्रम्पले एक अन्तर्वार्तामा होर्मुज जलघाँटी स्थायी रूपमा शुल्कमुक्त रहने सुनिश्चित भएको बताएका छन् । साथै इरानसँग अन्तिम आणविक सम्झौता हुन नसके अमेरिका पुनः सैन्य कारबाहीमा जान सक्ने चेतावनी पनि दिएका छन् ।

ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘यो उत्कृष्ट सम्झौताले सम्पूर्ण क्षेत्रमा शान्ति र सुरक्षा ल्याउनेछ । शुक्रबार सम्झौतामा हस्ताक्षर भएपछि जलघाँटी खुल्नेछ, समुद्री बारुदी सुरुङ हटाइनेछ र विश्व बजारमा तेलको निर्बाध आपूर्ति पुनः सुरु हुने ट्रम्पले जनाएका छन् । अर्कोतर्फ इरानी सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिका र इरानबीच १४ बुँदे समझदारीपत्रको मस्यौदा तयार भएको छ । यद्यपि बुँदाहरूको आधिकारिक पुष्टि भने अहिलेसम्म कुनै पक्षले गरेको छैन ।

अर्धसरकारी समाचार संस्था मेहरका अनुसार अन्तिम वार्ता सुरु हुनुअघि इरानको रोक्का गरिएका सम्पत्तिको कम्तीमा आधा हिस्सा फुकुवा गरिनुपर्ने, इरानी तेलमाथिका प्रतिबन्ध निलम्बन गरिनुपर्ने तथा नौसैनिक नाकाबन्दी हटाइनुपर्ने सर्त राखिएको छ । रिपोर्टअनुसार अन्तिम सम्झौतालाई संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावमार्फत अनुमोदन गरिने योजना छ ।

प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो गिरावट

    अमेरिका र इरानबीच स्विट्जरल्याण्डमा यही १९ जुन (शुक्रबार)मा शान्ति सम्झौता हुने...

ल्यान्डिङ गियरमा समस्या आएपछि बुद्धको जहाज काठमाडौं फर्काइयो

    काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि आकस्मिक...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

कांग्रेस सिध्याउने खलनायक गगन थापा हुन : मोहन बस्नेत

     नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएकाे नेतृत्वले पार्टीलाई इतिहासकै...