असारका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक



हाम्रो इकोनोमि

 

असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको तुलनामा वाणिज्य बैंकहरुको औषत ब्याजदर घटेको छ ।

बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा ४.२७ प्रतिशत विन्दुमा झरेको छ । जबकी यस्तो ब्याजदर जेठ महिनामा ४.३४ प्रतिशत विन्दुमा थियो । संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटेको छ । जेठमा ३.२० प्रतिशत रहेको यस्तो ब्याजदर असारमा ३.१८ प्रतिशत कायम भएको हो ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ७ बैंकले ब्याजदर घटाएका छन् । ब्याजदर घटाउने बैंकहरुमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक, लक्ष्मी सनराइज बैंक र एनएमबि बैंक रहेका छन् । अन्य १३ बैंकले भने जेठकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...