एमालेको ‘६ ज’ केन्द्रित मिसन जागरण अभियान



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई पार्टीको गुमेको साख फर्काउदै आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा सफलता हासिल गराउने जिम्मेवारीसहित मिसन जागरण अभियानको कार्ययोजना पठाएको छ । पार्टीका सबै केन्द्रीय सदस्यहरुको जिम्मेवारीसहित पठाइएको मिसन जागरणको अवधारणामा गत निर्वाचनको समिक्षा, पार्टीले हार व्यहोर्नुका कारण, कार्यकर्ता र जनताको पार्टीप्रति निराशा विस्तृत रुपमा केलाइएको छ । २०७४ को निर्वाचनमा वाम गठबन्धनका कारण उत्साहित जनता माओवादीसँगको पार्टी एकता टिकाउन नसक्दा र पछि एमाले फुट्दा निराश भएर पलायन भएको पार्टीले पठाएको दस्तावेजमा उल्लेख छ ।

‘२०७४ को आम निर्वाचन र नेकपाको गठनबाट उत्साहित बनेको जनमत नेकपाको विघटन र एमालेको विभाजनबाट समेत निराश हुँदै क्रमशः वैकल्पिक शक्तितर्फ आकर्षित भएको हो, पार्टीले तयार गरेको मिसन जागरण अभियानको अवधारणामा भनिएको छ, ‘आकस्मिक र अस्वाभाविक रुपमा आम निर्वाचनबाट नेपालको राजनीतिमा मुख्य शक्तिका रुपमा स्थापित रास्वपा नेपालको अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो । पार्टी र पार्टी नेतृत्वको सरकारले गरेका राम्रा काम जनस्तरसम्म प्रचार गर्न नसक्दा त्यसको असर आम जनतासम्म पुगेको एमालेको ठम्याइ छ । भदौ २३ र २४ गतेका विध्वंसकारी घटना भएको र मुलुकलाई नियोजित प्रतिगमनतर्फ धकेलिएको दस्तावेजमा उल्लेख छ । पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार मिसन जागरण अभियानको जिम्मेवारी लिने नेताहरुले वर्तमान राजनीतिको पृष्ठभूमि, निर्वाचनको पराजयका कारण र पार्टीको भावी नीतिका बारेमा स्पष्ट होउन् भन्ने उद्धेश्यले विस्तृत र सरल भाषामा अवधारणा पत्र तयार गरिएको बताए ।

उनका अनुसार पार्टीका नेताहरु विगतदेखिको राजनीतिक उतारचढाव, निर्वाचनपछिको पार्टीको राजनीतिको मूल्यांकन र भावी कार्यदिशा बारे स्पष्ट भएर उनीहरुले मातहतमा सही सन्देश प्रवाह गर्न सकुन् भन्ने पार्टी केन्द्रले सोचेको बताए । ‘पार्टी केन्द्रले पठाएको दस्तावेज सबै कमरेडहरुले विस्तृत अध्ययन गर्नुुहुनेछ । पार्टी कमजोर हुनाका कारण, देशी विदेशीको चलखेल, निर्वाचनमा एमालेविरुद्ध अल्गोरिदमको प्रयोग जस्ता विषयहरु विस्तृत रुपमा व्याख्या गरिएको छ, आचार्यले भने, ‘एमालेले अब गर्नुपर्ने डिजिटल वार, त्यसको प्रयोग र जनतासँगको सम्बन्ध सुधार तथा कमिटी प्रणाली सञ्चालनका विधि समेत उल्लेख गरेर मिसन जागरणको डकुमेन्ट पठाएका छौँ ।

जनतासँगको सम्बन्ध सुधारका लागि एमालेले ‘६ ज’को नीति अघि सारेको छ । जस अनुसार ‘जनतामा जाऔं, जनताका कुरा सुनौं, जनप्रिय बनौं, जनसंगठन परिचालन गरौं, जबजलाई आत्मसात गरौं र जनमत सर्वेक्षणका आधारमा समेत प्रत्येक तहमा प्रतिष्पर्धामा सफलता हासिल गर्न सक्ने योग्य र सक्षम नेतृत्व तयार गरौं’ एमालेको दस्तावेजमा उल्लेख छ । ३१ पेजको अवधारणाा पत्रमा पार्टीका नेताहरुको जिम्मेवारी तोकिएको छ । प्रमुख आचार्यका अनुसार सबै केन्द्रीय सदस्यहलाई पालिकाको जिम्मेवारी दिइएको छ । केन्द्रीय सदस्यले नपुगेका ठाउँमा पार्टीका अन्य नेताहरुलाई समेत जिम्मेवारी दिइएको छ । आचार्यका अनुसार यो अभियान र जिम्मेवारी आगामी स्थानीय तह र प्रदेशको निर्वाचनसम्म कायम रहने छ ।

प्रतिक्रिया दिनुहोस
देशभर भारी वर्षाको सम्भावना

    देशभर मनसुनको प्रभाव बढेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले अधिकांश...

एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...