मोहन डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमिति निर्विरोध



हाम्रो इकोनोमि

 

 

उर्जा उत्पादकहरुको संस्था (इप्पान)मा नयाँ कार्यसमिति चयन भएको छ । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका मोहन डाँगी विधानअनुसार स्वतः अध्यक्ष भएका छन् भने कोषाध्यक्ष बाहेक अन्य पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

शुक्रबार भएको इप्पानको बार्षिक साधारणसभामा वरिष्ठ उपाध्यक्षसहित अन्य पदहरुमा उत्तर ब्लोन लामा र बलराम खतिवडा प्यानालसहित चुनावी प्रतिस्पर्धामा थिए । तर, अन्तिममा खतिवडा पक्ष र लामा पक्षबीच सहमति भएपछि विभिन्न पदका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका हुन् । कोषाध्यक्षमा भने सहमति हुन नसकेपछि निर्वाचन हुँदा शंकर बस्याल २ सय ६७ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी मिथुन चक्रवतीप्रसाद पौडेलले भने ८२ मत प्राप्त गरे ।

इप्पानको नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा उत्तम लामा, उपाध्यक्षमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्रबल्लभ पन्त, सुसन कर्माचार्य, विक्रम विष्ट, हिमप्रसाद पाठक निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा टेकनाथ आचार्य, उपमहासचिवमा कविता पोखरेल, सचिवमा अभिज्ञा मल्ल, इशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई, सुमनकुमारी जोशी निर्वाचित भएका छन् ।

त्यस्तै, इप्पानको नयाँ कार्यसमिति सदस्यमा अनुप आचार्य, कदम केसी, जगदिश शिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, मिलन खड्का, वर्गन लामिछाने निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...