सुस्तामा भारतीय सशस्त्र बल छिरिसक्यो, सरकार के हेरेर बसेको छ : ऐन महर



हाम्रो इकोनोमि

 

 

सुस्तामा भारतीय सीमा सुरक्षा बल प्रवेश गरेको विषय संसद्‍मा उठेको छ । नेकपा एमाले, श्रम संस्कृति पार्टीका सांसदहरूले यो विषयमा सरकारको ध्यानाकषण गरेका छन् । सुस्तामा भारतीय सीमा सुरक्षा बल प्रवेश गरेको र स्थानीय बासीले लखेटेको उल्लेख गर्दै नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले भने, ‘नेपाल सरकार के हेरेर बसेको छ ?

प्रधानमन्त्री बालेन शाहले नेपालले समेत भारतको सीमा मिचेको भनेको सन्दर्भ समेत उल्लेख गर्दै उनले सुस्तामा भारतीय सीमा सुरक्षा बलको प्रवेशको विषयमा सरकारको ध्यानाकर्षण गरेका हुन् । त्यसअघि श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले सुस्तामा भारतीय सीमा बलले नेपालीमाथि हप्कीदप्की गरेको भनेर सरकारको ध्यानाकर्षण गरेका थिए ।

सुस्तामा भारतीय सशस्त्र सीमा बल आएर नेपाली दाजुभाइलाईमाथि हप्कीदप्की गरेको र नेपाली दाजुभाइ आफ्नो भूमिका लागि लड्दै गरेको भिडियो आएका छन् नेता साम्पाङले भने । यो विषयमा सरकार गम्भीर हुनुपर्ने उनको आग्रह छ । उनले भनेका छन् ‘प्रधानमन्त्रीज्यू आउनुहुन्न । अब रक्षामन्त्रीलाई बोलाइदिनुस् । सभामुख महोदय रुलिङ गरेर रक्षामन्त्री ल्याइदिनुपर्‍यो । हामी दुई चार वटा प्रश्न सोध्न चाहन्छौं ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...