नेपालले भारतको जमिन मिचेको भन्दा ताली पिट्ने सांसदहरू को-को हुन् : एमाले



हाम्रो इकोनोमि

 

 

 नेकपा एमालेले नेपालले भारतको जमिन मिचेको भनेर प्रधानमन्त्री बालेन शाहले भन्दा ताली पड्काउने सांसद को–को हुन भन्ने प्रश्न गरेको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले यस्तो प्रश्न गरेका हुन् । प्रधानमन्त्रीले त्यो खालको राष्ट्रघाती र देशद्रोही कुरा सदनबाट बोलिरहँदा त्यो अभिव्यक्तिमा ताली पिट्ने सांसद को हुन् ?’ भनेर आम नागरिकले प्रश्न गरिरहेको उनले संसद्मा सुनाए ।

यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारतको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन् । यो विषयमा बुधबार परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिएका थिए । त्यसमा विपक्षी दलहरूले चित्त नबुझाएका छैनन् । प्रधानमन्त्रीले नै आफ्नो बोली सच्याउनुपर्ने माग राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...