पिकअप दुर्घटनामा इञ्जिनियर र चालकको मृत्यु



हाम्रो इकोनोमि

 

 

हिजो राति मकवानपुरको भीमफेदी–८ बैदमारस्थित भित्री बाटोबाट माण्डु हाइड्रोपावरको बाटो हुँदै इपा गइरहेको फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बाप्र ०१–०३३च २१४४ नम्बरको योद्धा पिकअप अनियन्त्रित भई सडकबाट १ सय फिट तल खोलामा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा फाष्ट ट्र्याकमा कार्यरत इञ्जिनियर बारा, पचरौता–७ का २१ वर्षीय सूर्य यादव र चालक सिन्धुली, कमलामाई–९, भिमानका ४२ वर्षीय बोधराज बुढाथोकी घाइते भएका थिए । प्रहरी र सेनाको टोलीले घटनास्थलबाट उद्धार गरेर हेटौँडा अस्पताल ल्याएका दुवैजनालाई चिकित्सकले आज बिहान मृत घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...